सशस्त्र प्रहरी बल नेपालले २५औँ सशस्त्र प्रहरी दिवस २०८२ को उपलक्ष्यमा विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेको छ।
सशस्त्र प्रहरी बल बैद्यनाथ बाहिनी मुख्यालयअन्तर्गत रहेको एपीएफ वेलफेयर अस्पताल अत्तरियाबाट डा. सप्रन चेतबहादुर धामीको नेतृत्वमा खटिएको चिकित्सक टोलीले पुष ७ देखि १७ गतेसम्म दार्चुला जिल्लाको व्यास गाउँपालिका–१ छाङ्गरु, मालाघाट, बाजुरा जिल्लाको छेडेदह गाउँपालिका–४ गुर्ता, बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका–७ नौरा लगायत दुर्गम हिमाली तथा पहाडी जिल्लाका विभिन्न स्थानहरूमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो।
यसैगरी, कैलाली जिल्लाको गोदावरी नगरपालिका–१ बिजयनगरस्थित होलील्याण्ड इङ्लिस बोर्डिङ स्कुल तथा अत्तरियास्थित दुर्गा लक्ष्मी नमुना माध्यमिक विद्यालयमा १७ र १८ गते भूकम्प सुरक्षा तथा आगलागी नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम तथा डेमोन्स्ट्रेसन सञ्चालन गरिएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. ७ बैद्यनाथ बाहिनी तथा मातहतका गण, गुल्म, सीमा गुल्म, बेस र बी.ओ.पी.हरूले सुदूरपश्चिम प्रदेशका सीमा क्षेत्रसहित विभिन्न स्थानहरूमा डुबान, आगलागी नियन्त्रण, भूकम्प, लागुऔषध दुरुपयोग, लैङ्गिक हिंसा, मानव अधिकारलगायत विषयमा सरोकारवाला निकायहरूसँग समन्वय गरी समुदाय लक्षित सचेतनामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आइरहेका छन्।
यस्ता कार्यक्रमहरूले समुदायमा सामान्य असावधानीबाट हुन सक्ने विपद् तथा दुर्घटनाको जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेलेको सशस्त्र प्रहरीको अपेक्षा रहेको छ