धनगढी - राप्रपा संयुक्तका अध्यक्ष पशुपती शम्सेर जबराले दुई तिहाईको सरकार हात्ती आयो हात्ती आयो फुस्स जस्तै भएको बताएका छन् । पार्टी कामको शिलशिलामा धनगढी आएका जबराले बिहीबार पत्रकार सम्मेलन गर्दै सरकार दुई तिहाई को शक्तीशाली जस्तो भएपनी प्रधानमन्त्रीले मात्रै शक्ती केन्द्रित गरेर आफु बलियो बन्ने काम मात्रै गरेको आरोप लगाए ।
सरकार ब्यापक भ्रष्टाचारमा चुर्लुम्म डुबेको अध्यक्ष जबराको भनाई छ । उनले मेलम्ची,बुढी-गण्डकी लगाएतका ठुला प्रोजेक्टहरुमा पनि भ्रष्टाचार भएको बताए । उनले भ्रष्टाचार केन्द्रमा मात्रै नभएर अहिले वडा वडा सम्म बिकेन्द्रित भएको बताए । 'नेकपाको सरकारले गरेको गज्जबको कार्य यही हो, वडा वडा सम्म भ्रष्टाचार पुगेको छ,' उनले भने -'यो हिसाबले हेर्ने हो भने सरकार पूर्ण रुपमा असफल भएको छ ,जताततै भ्रष्टाचार मात्रै छ।' अध्यक्ष जबराले राष्ट्रपतीको भुमिका पनी सन्तोषजनक नरहेको बताए ।