अत्तरिया -कैलालीको गोदावरी नगरपालिका अत्तरिया चोकमा जडान गरिएको बिल बोर्डमा राखिएका ब्यबसायीक पोष्टरहरु च्यातिएका छन् । बुधबार साँझ नेपाल तरुण दलको एक समुहले त्यँहा राखिएका लाली चाउचाउका पोष्टरहरु च्यातेको हो । गोदावरी नगरपालिकालाई चोकमा ब्यबसायिक बिग्यापनको सट्टा यस क्षेत्रका धार्मीक पर्यटकिय तस्बिरहरु राख्न आग्रह गर्दै केही समय अघि नेपाल तरुण दल गोदावरी नगरकमिटीले ग्यापन पत्र बुझाएको थियो ।
तर आफ्नो मागलाई नगरपालिकाले बेवास्ता गरेको भन्दै बिरोध स्वरुप च्यातेको नेपाल तरुण दल गोदावरी नगरकमिटीका अध्यक्ष शंकर खड्काले बताए । नगरपालिकाले एक निजी कम्पनीलाई ब्यबसायिक प्रयोजनको लागी ठेक्कामा दिएको छ ।क्यालडोन ग्राफिक्स नामक कम्पनीले अत्तरियामा बिल बोर्ड जडान गरेको थियो । कम्पनीले बिल बोर्डमा यस क्षेत्रको तापक्रम,समय, सीसी क्यामेरा र अन्य ब्यबसायिक सामाग्री भिडियोमा देखाउने बताउँदै आएको छ ।