महाकाली नदीमाथि रहेको दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने झोलुङ्गे पुल भाँचिएपछि आवागमन अवरुद्ध भएको छ।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ स्थित पुलको दोधारातर्फको करिब ५–६ मिटर भाग माथि उठेपछि केही समयदेखि आवतजावतमा समस्या हुँदै आएको थियो। त्यसपछि पुलको पिल्लरसमेत भत्किएर संरचना नै क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
पुल भाँचिएसँगै उक्त मार्ग भएर हुने पैदल तथा अन्य आवागमन पूर्ण रूपमा प्रभावित भएको छ। पुल क्षतिग्रस्त भएपछि स्थानीयवासीलाई आवतजावतमा थप समस्या भएको छ।
पुल मर्मत तथा आवागमन सहज बनाउन आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ।