सुदूरपश्चिम प्रदेशमा हालसम्म १ लाख ११ हजार ४० वटा सवारी साधन दर्ता भएका छन्।
प्रदेशको भौतिक पुर्बाधार मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार दर्ता भएका सवारी साधनमध्ये सबैभन्दा धेरै दुई पाङ्ग्रे रहेका छन्। प्रदेशभर ८४ हजार ५४१ वटा दुई पाङ्ग्रे सवारी साधन दर्ता भएका छन्।
त्यस्तै, ११ हजार ९७४ वटा तीन पाङ्ग्रे र १४ हजार ५२५ वटा चार पाङ्ग्रे सवारी साधन दर्ता भएका छन्।
यसअनुसार सुदूरपश्चिममा दर्ता भएका कुल सवारी साधनमध्ये दुई पाङ्ग्रेको संख्या सबैभन्दा बढी रहेको छ।
पछिल्लो समय प्रदेशका प्रमुख शहर तथा राजमार्ग क्षेत्रमा सवारी साधनको चाप बढ्दै गएसँगै यातायात व्यवस्थापन चुनौतीसमेत बढ्दै गएको छ।