सुदूरपश्चिम प्रदेश सरकारले पछिल्ला नौ आर्थिक वर्षमा भौतिक पूर्वाधारतर्फ उल्लेख्य काम भएको जनाएको छ।
भौतिक पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७४/७५ देखि २०८२/८३ सम्मको उपलब्धि प्रतिवेदन अनुसार प्रदेशमा ४ हजार ५३८ किलोमिटर सडक निर्माण भएको छ
प्रतिवेदनअनुसार निर्माण भएका सडकमध्ये १ हजार १६ किलोमिटर कालोपत्रे, १ हजार ४५८ किलोमिटर ग्राभेल र २ हजार ६४ किलोमिटर कच्ची सडक रहेका छन्।
यस अवधिमा प्रदेशभर ११० वटा पुल निर्माण भएका छन्। तीमध्ये ६९ वटा सडक मोटरेबल पुल र ४१ वटा झोलुंगे पुल रहेको मन्त्रालयले जनाएको छ।
३७ अर्बभन्दा बढी खर्च
मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७४/७५ देखि २०८२/८३ सम्म भौतिक पूर्वाधार विकासतर्फ कुल ८८ अर्ब ७३ करोड ४० लाख ८३ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो।
त्यसमध्ये ६४ अर्ब ७९ करोड ४३ लाख ६१ हजार रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ। कुल वित्तीय प्रगति ७३.०२ प्रतिशत रहेको छ।