नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गोदावरी नगरपालिकाका सबै वडामा वडा अधिवेशन सुरु भएको छ।
अधिवेशनमा गोदावरीका अधिकांश कांग्रेस नेता तथा कार्यकर्ताहरू सहभागी भएका छन्।प्रदेश सांसद तुलसी देवकोटा, क्षेत्रीय सभापति बसन्त रोकाय, सचिव जयराज फुलारा, नगर सचिव योगेश भट्ट, अशोकराज देवकोटा, महाधिवेशन प्रतिनिधि धु्रव भट्टराई, राजु भट्टराई, पूर्व क्षेत्रीय सचिव लोकराज पाण्डे ‘आगो’ लगायत नेताहरू सहभागी छन्।
त्यस्तै सुरत कार्की, पुष्पराज जोशी, पदमराज भट्ट, खेम साउँद लगायतका नेताहरू पनि अधिवेशनमा सहभागी भएका छन्।
गोदावरी कांग्रेसको आन्तरिक समीकरणमा नयाँ दृश्य
गोदावरी कांग्रेसको राजनीतिमा प्रभाव राख्ने वीरेन्द्र भट्ट निवर्तमान सभापति शेरबहादुर देउवा पक्षमा खुलेका छन्। उनीसहित नेता उत्तम कठायत र गोदावरी नगर सभापति वीरबहादुर चोखाल पनि देउवा पक्षमा रहेको बताइएको छ।
यसअघि मेयर भट्टसँग नजिक रहेका कतिपय नेताहरू भने संस्थापन पक्षले आयोजना गरेको अधिवेशनमा सहभागी भएका छन्।