काठमाडौँ स्थित विश्व निकेतन माध्यमिक विद्यालय त्रिपुरेश्वर र कैलालीको गोदावरी नगरपालिका–२ मा अवस्थित दुर्गालक्ष्मी माध्यमिक विद्यालयबीच शैक्षिक सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।
Learning Transformation कार्यक्रमअन्तर्गत भएको यस सहकार्यले विज्ञान शिक्षामा गुणस्तर अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।
दुई विद्यालयबीच सम्पन्न सहमति अनुसार विज्ञान विषयमा अध्यापन, प्रयोगात्मक अभ्यास, पाठ्यपुस्तक, शिक्षक आदान–प्रदान, संयुक्त परीक्षा तालिका निर्माण, तथा विद्यार्थी र शिक्षकहरूको अनुभव सटासट गरिनेछ। साथै, ‘Student-Teacher-Staff Exchange’ कार्यक्रम अन्तर्गत दुवै विद्यालयका शिक्षक र विद्यार्थीहरूको सहभागिता हुने उल्लेख छ।
समझदारीपत्रमा उल्लेख भएअनुसार, कक्षा ११ र १२ का विज्ञान विद्यार्थीहरूका लागि अध्ययन सहजीकरण, बोर्ड परीक्षाका तयारी कार्यक्रम, संयुक्त शिक्षक तालिम तथा शैक्षिक भ्रमण पनि सञ्चालन गरिनेछ। विद्यालयस्तरमा बालमैत्री वातावरण निर्माण, सामाजिक र सांस्कृतिक गतिविधिको व्यवस्थापनमा पनि परस्पर सहकार्य गरिने उल्लेख गरिएको छ।
उक्त सहमतिमा विषय निर्देशित माध्यमिक विद्यालय, त्रिपुरेश्वरका प्र. अ. हेमराज राज कँडेल र दुर्गालक्ष्मी माध्यमिक विद्यालय, गोदावरी–२ का प्र. अ. ललनप्रसाद चौधरी तथा अध्यक्ष गणेश शाहले हस्ताक्षर गरेका छन्।