कैलालीको दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालय, अत्तरिया को आयोजनामा “प्राकृतिक जीवनशैलीमा आधारित, भान्सा बदलेर स्वस्थ हुने उपाय” विषयक एक दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
शनिबार बिहान सुरु भएको उक्त कार्यक्रममा पञ्चगव्य सिद्ध लीला श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो। उहाँले प्राकृतिक तरिकाबाट जीवनशैली परिवर्तन गर्दै स्वस्थ रहन सकिने उपायहरूको व्याख्या गर्नुभयो। विशेष गरी खानपानमा गरिने साना–साना परिवर्तनले दीर्घकालीन रूपमा स्वास्थ्यमा ठूलो सुधार ल्याउन सकिने कुरामा उहाँले जोड दिनुभयो।
प्रशिक्षणमा दुर्गालक्ष्मी नमुना मा.वि.का शिक्षक, शिक्षिका, अभिभावक तथा स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले प्राकृतिक चिकित्सा, आहार संयम तथा जीवनशैली सुधारको अभ्यासले रोग प्रतिरोधात्मक क्षमता बढाउने विश्वास व्यक्त गरेका थिए।
विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गणेश शाहले आगामी दिनमा यस्ता ज्ञानमूलक तथा व्यवहारिक प्रशिक्षण कार्यक्रमहरू निरन्तर आयोजना गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
'डिएलएस टक' पोडकाष्ट लन्च
आज नै बिधालयले डिएलएस टक पोडकाष्ट्लन्च गरेको छ । गेटा अस्पतालका निर्देशक प्रमोद यादव र पंजगब्य सिद्ध लीला श्रेष्ठले “डिएलएस टक” सार्वजनिकरण गर्नु भएको हो ।
‘भ्वाइस अफ दुर्गालक्ष्मी’ स्लोगन राखिएको यस पोडकाष्टमा विभिन्न व्यक्तिहरू सँग कुराकानी गरिने अध्यक्ष गणेश शाहको भनाइ छ ।