बेलौरी -कंचनपुरको एक स्वास्थ्य केन्द्रमा आज आँखा शिविर संचालन गरिएको छ । बेलौरी नगरपालिका र गेटा आँखा अस्पताल धनगढीको आयोजनामा बेलौरी नगरपालिकाको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा आँखा शिविर संचालन गरिएको हो । शनिबारबाट सुरु भई ४ गते सम्म ३ दिनसंचालन हुने शिविरमा मोतिविन्दु लगायतका आँखाका रोगीहरुको निशुल्क अप्रेशन र औषधि उपचार गरिने छ ।
कार्यक्रमको उद्घाटन गर्दै बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले आँखा शिविर पूर्ण रूपमा निस्शुल्क रहेको जानकारि दिदै बेलौरी नगरपालिकाको पूर्ण सहयोग रहेको बताए । आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई २५० रुपैयाँ सम्म चश्मामा छूट गरिने उनले जानकारि दिए । साथै ३ दिन सम्म संचालन हुने उक्त आँखा शिविरबाट १ हजार भन्दा बढी आँखाका रोगीहरुले लाभ लिने उनको अनुमान छ । शिविर सफलता पूर्वक संचालनका निम्ति सबैलाई सहयोग गर्न आग्रह गर्दै गेटा आँखा अस्पतालबाट आएका सम्पूर्ण टिमहरुमा धन्यवाद ज्ञापन गरे ।