आन्तरिक राजस्व कार्यालय धनगढीले कर बक्यौता दाखिला नगर्ने विभिन्न व्यवसाय तथा फर्मलाई अन्तिम जरिवाना सूचना जारी गरेको छ।
कार्यालयले लामो समयदेखि आयकर तथा मूल्य अभिवृद्धि कर (भ्याट) विवरण नबुझाउने करदातालाई १५ दिनभित्र आवश्यक विवरण र कर दाखिला गर्न निर्देशन दिएको हो। तोकिएको अवधिमा कर विवरण नबुझाए कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिइएको छ।
सूचनामा धनगढी, गोदावरी, लम्की, टिकापुरलगायत कैलालीका विभिन्न क्षेत्रका दर्जनौं फर्म तथा व्यवसायहरूको नाम सार्वजनिक गरिएको छ। तीमध्ये होटल, निर्माण सेवा, सप्लायर्स, ट्रेडिङ, अटोमोबाइल्स, मेडिकल, कन्स्ट्रक्सन र उद्योग क्षेत्रका व्यवसायहरू रहेका छन्।
आन्तरिक राजस्व कार्यालयले सार्वजनिक गरेका फर्महरूको नाम यस प्रकार छ:
१. माया मेट्रो हस्पिटल प्रा.लि.
२. सिमाइलेश्वर स्टोर
३. मष्टामाण्डौ गहना पसल
४. नवको गोपाल इम्पोरियम
५. रोदन ट्रेडर्स
६. विश्वलक्ष्मी एण्ड हिरा ट्रेड कन्सर्न प्रा.लि.
७. लक्ष्मी रोटो प्याकेजिङ प्रा.लि.
८. शिव सुन्दर सामुदायिक वन उपभोक्ता समूह
९. नोभा हस्पिटल प्रा.लि.
१०. शाहजी सप्लायर्स
११. ए.के.जि. एन सप्लायर्स
१२. एम.वि. हार्डवेयर
१३. फड़म स्टोर
१४. न्यू प्रान्जल ट्रेडर्स एण्ड सप्लायर्स
१५. सुपर वन इन्टरप्राइजेज
१६. शीतल ट्रेड एण्ड सप्लायर्स
१७. अम्मर बर्गा ट्रेडर्स एण्ड सप्लायर्स
१८. प्रविन एण्ड केदार ट्रेडर्स
१९. उच्चाकोटी ड्रिलिङ एण्ड कन्स्ट्रक्सन कम्पनी प्रा.लि.
२०. किसान ट्रेडिङ कन्सर्न
२१. सन्तोषि थेगिम जे.भी.
२२. राजश्री फूड प्रोडक्ट्स
२३. शिराज इन्टरनेशनल प्रा.लि.
२४. माहा स्पाइस एण्ड फूड प्रोडक्ट्स
२५. श्रेष्ठ कन्स्ट्रक्सन
२६. दिनेश अटोमोटिभ्स
२७. शुभश्री प्यालेस प्रा.लि.
२८. केदार इटा उद्योग
२९. सुदूर फुड इण्डष्ट्रिज
३०. वासु लिङ्ग सुगर एण्ड जनरल इन्डष्ट्रिज लि.
३१. होटल डिभोटी एण्ड रेष्टरेन्ट बार
३२. सुरुची कन्स्ट्रक्सन
३३. लाल ट्रेडर्स
३४. दक्षिणकाली इकन्पोरेटेड प्रा.लि.
३५. बसन्त क्लासिक अटोमोबाईल्स
३६. शेखर एग्रोभेट सेन्टर
३७. आरडेन्ट इन्टरप्राइजेज प्रा.लि.
३८. शुशिल स्टोर्स
३९. देवरथी कन्स्ट्रक्सन
४०. यमुना कन्स्ट्रक्सन
४१. ए.वि.सी. इन्टरप्राइजेज
४२. ॐ बालाजी ट्रेडर्स एण्ड सप्लायर्स
४३. जय बालाजी ट्रेड लिंक एण्ड सप्लायर्स
४४. एस.एस. कन्स्ट्रक्सन
४५. एल.बि. निर्माण सेवा
४६. नन्देगडा कन्स्ट्रक्सन रुपाली कन्स्ट्रक्सन जे.भी.
४७. दक्षिणकाली ब्रदर्स
४८. एम.के. सप्लायर्स
४९. त्रिवेणी डिजल सर्भिस
५०. सेति प्लाष्टिक उद्योग
५१. शिखर मालिकार्जुन ट्रेडर्स एण्ड सप्लायर्स
५२. डि.एस. सप्लायर्स
५३. मंगलेश्वर मल्टी ट्रेड एण्ड सप्लायर्स