पि.एफ.ए स्पोर्ट्स क्लबको आयोजनामा करियर स्टेसन पि.एफ.ए भेट्रान्स कप क्रिकेट प्रतियोगिता २०८२ आयोजना हुने भएको छ।
प्रतियोगिता गोदावरी नगरपालिका–२, अत्तरियास्थित खेलमैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ।
प्रतियोगिता T–20 फर्म्याटमा खेलाइनेछ।
प्रतियोगितामा सहभागी खेलाडीको उमेर ४ जना ३२ बर्ष उमेर पुगेका र २ जना ४० बर्ष पूरा गरेको हुनुपर्ने आयोजक क्लबका महासचिव सिद्द बोहराले बताए ।
कम्तीमा ३५ वर्ष पूरा भएको हुनुपर्ने प्रावधान राखिएको छ। प्रत्येक टिममा ११ जना खेलाडी रहनेछन्। खेल बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने जनाइएको छ।
प्रतियोगिता अन्तर्गत प्रथम हुने टिमले रु. १ लाख २५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमलाई रु. ६५ हजार नगदसहित ट्रफी प्रदान गरिनेछ।
यसका साथै Man of the Series, Best Batsman, Best Bowler, Best Veterans Award तथा प्रत्येक खेलका Man of the Match लाई समेत नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिता पुष १५ देखि पुस २६ गते सम्म चल्ने छ ।
प्रतियोगिताको व्यवस्थापन र सफल सञ्चालनका लागि विभिन्न उपसमितिहरू गठन गरिएको पि.एफ.ए स्पोर्ट्स क्लबले जनाएको छ।
प्रतियोगिताले भेट्रान्स खेलाडीहरूको प्रतिभा उजागर गर्नुका साथै स्थानीय खेलकुद प्रवर्द्धनमा टेवा पुग्ने विश्वास आयोजकको छ।
प्रतियोगितामा अत्तरिया सिटी किर्केट क्लब ,कैनोडा लाईन्स,न्यू ग्बासी साहारा क्यापिटल्स,अनुपमा अलराउन्डर्स, बूढा बाघ , गेटा रोयल्स, महेन्द्रनगर ब्वाईज र गुलरिया बुल्स