कैलाली उद्योग वाणिज्य संघले धनगढीमा आयोजना गर्दै आएको सुदूरपश्चिम महोत्सवको १९औँ संस्करण आगामी मंसिर २२ गतेदेखि पुस २ गतेसम्म धनगढी–१, पशुपति टोलमा हुने भएको छ।
२०६३ सालदेखि निरन्तर आयोजना हुँदै आएको यो महोत्सव सुदूरपश्चिम प्रदेशको पर्यटन, कृषि, उद्योग–व्यवसाय, संस्कृति र कलाको प्रवर्द्धनमा महत्वपूर्ण मानिँदै आएको छ।
संघका अध्यक्ष पुष्कर राज ओझाका अनुसार महोत्सवलाई यस वर्ष उत्कृष्ट व्यवस्थापन, प्राविधिक अपग्रेडेशन र सामाजिक उत्तरदायित्व सहित अघि बढाइने छ।
५०० भन्दा बढी स्टल, सबै बुक
कृषि, जडीबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल, गारमेन्ट, इलेक्ट्रोनिक्स, होटल तथा सूचना–प्रविधि लगायतका ५०० भन्दा बढी प्रदर्शनी स्टल रहनेछन्।
संघका अनुसार सबै स्टल बुक भइसकेका छन्।
७ लाख दर्शक र १५ करोड कारोबारको अनुमान
महोत्सवमा करिब ७ लाख अवलोकनकर्ता आउने अनुमान
करिब ३ करोड लगानी
१५ करोड बराबरको कारोबार हुने अपेक्षा
कला–संस्कृति र स्थानीय उत्पादनलाई प्राथमिकता
सुदूरपश्चिमका कला, संस्कृति र परम्परालाई प्रोत्साहन गर्दै स्थानीय कलाकार तथा महिला उद्यमीका उत्पादनलाई विशेष प्राथमिकता दिइने बताइएको छ।
सुदूरपश्चिमका पहिचान बोकेका परिकारहरूको फूड–स्टलसहित उत्कृष्ट व्यवस्थापनका लागि सरोकार निकायहरूसँग समन्वय गरिएको छ।
सुरक्षा कडाइ : CCTV, दमकल, स्वास्थ्य सेवा तयारी
अत्याधुनिक CCTV निगरानी
निजी तथा सरकारी सुरक्षाकर्मी
दमकल र प्राथमिक उपचार लगायत आपतकालीन सेवा तयारी अवस्थामा रहनेछन्। महोत्सवका सहभागी तथा दर्शकका लागि विमाको व्यवस्था पनि गरिएको छ।
अनलाइन टिकट : इसेवासँग सहकार्य
डिजिटल भुगतान प्रोत्साहन गर्नका लागि उद्योग वाणिज्य संघले इसेवासँग अनलाइन टिकट साझेदारी गरेको छ।मोबाइलमार्फत नै महोत्सवको टिकट किन्न सकिनेछ।
विद्यार्थी : रु. ५०
सर्वसाधारण : रु. १००
ज्येष्ठ नागरिक/अपांगता : निःशुल्क
व्यवसायी सदस्य : निःशुल्क
सामाजिक उत्तरदायित्व
महोत्सवबाट उठेको आयमध्ये केही रकम महिला सशक्तीकरण, लागुऔषध दुरुपयोग नियन्त्रण, लगायतका सामाजिक क्षेत्रमा लगानी गरिने संघले जानकारी दिएको छ।
यस वर्षको मुख्य प्रायोजक : निशर्ग अस्पताल
महोत्सवको मुख्य प्रायोजक निशर्ग अस्पताल एण्ड रिसर्च सेन्टर रहनेछ। कार्यक्रम संरक्षकमा नेपाल उद्योग वाणिज्य महासंघ तथा महासंघ सुदूरपश्चिम प्रदेश रहेका छन्।