गोदावरी नगरपालिका, कैलालीद्वारा आयोजित १६ औं राष्ट्रपति रनिङ्ग शिल्ड खेल प्रतियोगिता–२०८२ को उपाधि आयोजक दुर्गालक्ष्मी नमुना बिद्यालय, अत्तरिया ले हात पार्न सफल भएको छ।
आइतबार सम्पन्न प्रतियोगितामा दुर्गालक्ष्मीले उत्कृष्ट प्रदर्शन गर्दै १८ स्वर्ण, २२ रजत र ১৩ कास्य सहित कुल ५३ पदक जित्दै च्याम्पियन बनेको हो।
यसैगरी, सरकारी बिद्यालय सैनिक आवासीय बिद्यालय, तेघरी ले प्रभावशाली प्रदर्शन गर्दै १२ स्वर्ण, २० रजत र १५ कास्य सहित ४७ पदक प्राप्त गर्दै दोस्रो स्थान हासिल गर्यो।
त्यसैगरी दुर्गा भगवती मावि, जमुनानगर ले १६ पदक बटुलेर तेस्रो स्थानमा रह्यो।
शैलीश्वरी माध्यमिक विद्यालय, बडेहा (गोदावरी–६) ले ११ पदक सहित चौथो स्थान सुरक्षित गर्यो।
निजि विद्यालयतर्फ लोटस आई माध्यमिक विद्यालय ले ७ पदक सहित पहिलो हुन सफल भयो।
प्रतियोगितामा गोदावरी नगरभित्रका ४३ विद्यालय का २२ सयभन्दा बढी विद्यार्थी सहभागी भएका थिए।