नेपाल प्रिमियर लिग(एनपीएल) काे दोस्रो संस्करणमा काठमाण्डू गाेखार्जले विजयी सुरुवात गरेकाे छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साेमबार सम्पन्न उद्घाटन खेलमा काठमाण्डूले साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले पराजित गर्यो ।
जनकपुरले प्रस्तुत गरेकाे १ सय ३१ रनकाे लक्ष्य काठमाण्डूले १८ ओभरमा पाँच विकेट गुमाउँदै पुरा गर्यो ।
काठमाण्डूका लागि बेन चार्ल्सवर्थले २३ बलमा ५ चाैका र ३ छक्काे मद्दतले सर्वाधिक ४६ रनकाे याेगदान गरे । यसैगरी आकाश त्रिपाठीले ३९, मिलिन्ड कुमारले १९ र जाेहन सिम्पसनले १३ रन बनाए ।
जनकपुरका लागि कप्तान अनिलकुमार सास, किशाेर महताे, ललितनारायण राजवंशी, जान निकाेल लफ्टी इटाेन र सञ्जय कृष्णमुर्तीले समान एक–एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३० रनकाे याेगफल तयार पारेकाे थियाे । जनकपुका लागि आसिफ शेखले ४१ बलमा ६ चाैका र १ चाैकाकाे मद्दतले सर्वाधिक ५४ रनकाे याेगदान दिए ।
यसैगरी मयन यादवले अविजित ३४ र लाहिरु समराकाेनले २२ रन बनाए । काठमाण्डूका लागि मिलिन्ड कुमारले तीन तथा शाहव आलम, सन्ताेष यादव र कप्तान करण केसीले समान एक विकेट लिए ।