सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो एक वर्षे कार्यकालको उपलब्धिहरू सार्वजनिक गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले मंगलबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमार्फत ३५ बुँदामा समेटिएको एक वर्षे प्रगतिपत्र सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा मुख्यमन्त्री शाहले सरकारका सबै मन्त्रीहरूलाई साथमा राखेर प्रदेश सरकारले विगत एक वर्षमा गरेका उल्लेखनीय काम, योजना र नीतिहरूको विवरण प्रस्तुत गरे। उनले यो अवधि राजनीतिक स्थायित्वसहितको शासन सञ्चालन, पूर्वाधार विकास, सामाजिक सेवा विस्तार र सुशासन प्रवर्द्धनमा केन्द्रित रहेको बताए।
मुख्यमन्त्री शाहले प्रदेश सरकारको नेतृत्वमा आर्थिक तथा सामाजिक रुपान्तरणको दिशामा महत्वपूर्ण प्रगति भएको दाबी गर्दै प्रदेशलाई "सुशासनयुक्त र विकसित" बनाउने अभियानमा सबैको सहयोगको अपील गरे।
उपलब्धीको पूर्णपाठ
मुख्यमन्त्रीको सन्देश
आदरणीय प्रदेशबासी आमा बुवा, दिदीबहिनी तथा दाजुभाइहरु
पत्रकार तथा मिडियाकर्मी मित्रहरु,
उपस्थित सम्पूर्ण महानुभावहरु ।
सुदूरपश्चिम प्रदेशको वर्तमान सरकारले एक वर्षको अवधि पूरा गरेको उपलक्ष्यमा मेरो नेतृत्वमा प्रदेश सरकारले गरेका
उपलब्धीहरु तपाईहरुमाझ राख्न पाउँदा खुसी महसुस गरेको छ।यस अवसरमा सुदूरपश्चिम प्रदेश सरकार र मेरो व्यक्तिगत तर्फबाट विभिन्न समयमा जनताले गरेको राजनीतिक संघर्षर आन्दोलनमा ज्यान उत्सर्ग गर्नुहुने सम्पूर्ण शहिदहरु प्रति श्रद्धासुमन अर्पण गर्दछु साथै घाइते र शहिद परिवार प्रति हार्दिक सम्मान व्यक्त गर्दछु।
मेरो एक बर्षको अवधिमा साथ,सहयोग, सल्लाह र सुझावका लागी माननीय प्रदेश प्रमुखज्यू, माननीय सभामुखज्यू, माननीय मन्त्री तथा राज्यमन्त्रीज्यूहरु,प्रदेश सभाका माननीय सदस्यज्यूहरु, स्थानीय तहका प्रमुख एवं पदाधिकारीहरुर प्रशासनिक नेतृत्व साथै सम्पूर्ण राजनीतिक दललाई आभार प्रकट गर्दछु र आगामि दिनमा यस्तै साथर सहयोग को अपेक्षागरेको छु।
मेरो नेतृत्वको सरकारको एक वर्षको अवधि राजनीतिक एवं शासकीय दृष्टिकोणबाट सफल रहेको महसुस गरेको छु।यस अवधिमा प्रदेश सभाको विश्वास लिई राजनीतिक स्थायित्वको प्रत्याभूति गरिएकोले सरकार सञ्चालन एवं विकास गतिविधिहरूलाई तीव्रता दिनका लागि उपयुक्तर भरपर्दो आधार निर्माण भएको छ। प्रदेश सरकारको नीति कार्यक्रम र बजेट निर्माण एवं कार्यान्वयनमा वर्तमान सरकारले राजनीतिक सहमति जुटाई साझा कार्यक्रमको रुपमा अपनत्व सिर्जना गर्न सफल भएको छ।
सरकारले कार्यान्वयनमा ल्याएको योजना तथा कार्यक्रमले जनमानसमा सुशासनर विकासको नयाँ आशा र भरोसाको सञ्चार भएको छ। विगतका योजना,विकास रप्रशासकीय कमीकमजोरी सुधार गरी दिगो सुशासनर विकासको प्रत्याभूति दिलाउने तर्फ निर्देशित भइ वर्तमान सरकार क्रियाशील रहेको छ ।कर्मचारीतन्त्रलाई कार्यसम्पादनमा चुस्त, पारदर्शी र परिणाममुखी हुन प्रेरित गरिएको छ। प्रदेशको सार्वजनिक प्रशासन नैतिकवान सार्वजनिक व्यवहार प्रदर्शन गर्दै सम्पूर्ण समाजमा नै मूल्य मान्यता र सदाचार सुदृढ गर्ने दिशामा कृयाशील रहेको छ ।
नीतिगत र प्रणालीगत सुधारका अतिरिक्त विकास निर्माणलाई तिव्रता दिइएको छ । यस अवधिमा सडक, सिंचाई र खानेपानी, भवन तथा जनताका आवास लगायतका पूर्वाधारहरु र नदी नियन्त्रण, पहिरो नियन्त्रण लगायतका संरक्षणात्मक कार्यमा उल्लेख्य प्रगतीभएका छन्। त्यस्तै कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग र उत्पादकत्व अभिवृद्धि गर्ने खालका कार्यक्रमहरू सञ्चालन भएका छन् । शिक्षा, स्वास्थ्य लगायतका सामाजिक विकासका क्षेत्रमा महत्वपूर्ण उपलब्धीहरू हासिल भएका छन्। प्रदेश सरकारले समग्र शासकीय गुणस्तर एवं सुशासन अभिवृद्धिका क्रियाकलापहरूमा जोड दिइएको छ। मेरो नेतृत्वको सरकारले भ्रष्टाचार नियन्त्रणका सवालमा सून्य सहनशिलताको नीति अवलम्वन गर्दै आएको विदितै छ ।
“म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न” भन्ने दृष्टिकोण अंगीकार गर्दै भ्रष्टाचार गरेको प्रमाण फेला परेमा तत्काल कारवाही गर्ने कार्यपद्दती अवलम्बन गरिएको छ। प्रदेशबाट सञ्चालन हुने विकासका परियोजनाहरुमा उपभोक्ता समिति परिचालन नगर्ने, साना परियोजनाहरु स्थानीय तहमा हस्तान्तरण गर्ने लगायतका चार बुँदे प्रतिवद्धता समेत घोषणा गरी परियोजना व्यवस्थापनमा पारदर्शिता र सुशासन कायम गर्ने प्रयत्न थालिएको छ। तीनै तहका सरकारहरु बीचको सुमधुर रकार्यमूलक अन्तरसम्बन्ध कायम गर्ने र स्थानीय तथा प्रदेश सरकारको शासकीय सुदृढीकरणका पहलहरु भएका छन्।
प्रदेश सरकारबाट स्थानीय तहमा हुने वित्तीय हस्तान्तरणलाई व्यवस्थित एवं बढोत्तरी गरिएको छ। कुटनीतिक एवं विकास साझेदार निकायसँग समन्वय र परामर्शको कार्यलाई अगाडी बढाइएको छ। सुदूरपश्चिम प्रदेशलाई लगानीको आकर्षक गन्तव्यस्थलका रूपमा विकास गरी प्रदेशको आर्थिक रसामाजिक रुपान्तरणमा टेवा पुऱ्याउने उद्देश्यका साथ मिति २०८२ मंसीर १ र२ गते सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन आयोजना गर्ने तयारी गरिएको छ।
यसका लागि मिति २०८२ जेष्ठ २१ गते नेपाल सरकारका माननीय परराष्ट्र मन्त्री, माननीय उधोग बाणिज्य तथा आपूर्ति मन्त्री,माननीय वन तथा वातावरण मन्त्री, वैदेशिक कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधीहरु, नेपालका लागि अस्ट्रेलिया र बेलायतका महामहिम राजदूतहरु, एसियाली विकास बैंकका नेपाल प्रमुख, युएनडीपी, लगानी बोर्ड नेपाल, नेपाल उधोग वाणिज्य महासंघ लगायतका सरोकारवालाहरुको सहभागितमा पूर्व तयारी सम्मेलन सम्पन्न गरिएको छ।
छिमेकी मित्र राष्ट्र भारत सरकारको निमन्त्रणमा मेरो नेतृत्वको टोलीले भारतको उत्तर प्रदेश,उत्तराखण्ड प्रदेश र नयाँ दिल्लीको औपचारिक भ्रमण सम्पन्न गरेको छ। उक्त भ्रमणबाट यस प्रदेशले आयोजनागर्न लागेको लगानी तथा विकास सम्मेलनलाई टेवा पुर्याउने र दुबै मुलुकका उप-राष्ट्रिय तहमा आपसी सहयोग आदानप्रदान र कुटनीतिक सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण अवसर सिर्जना गरेको छ।
भारत सरकारको विदेश राज्यमन्त्री तथा दुईवटा प्रदेशका मुख्यमन्त्रीहरु लगायतका उच्च पदाधिकारीहरुसँगको उच्चस्तरीय भेटवार्ताले दुई मुलुकबीच कुटनीतिक, राजनीतिक, धार्मिक र सांस्कृतिक सम्बन्ध, सहकार्य र समन्वयलाई थप मजबुद वनाएको महसुस गरेको छु। यस प्रकारको मुख्यमन्त्री स्तरको औपचारिक भ्रमणको अभ्यास नेपालको इतिहासमा पहिलोपटक सुदूरपश्चिम प्रदेशबाट प्रारम्भ हुन गएकोमा गौरव पनि महसुस गरेको छ।
नेपालको सोह्रौं योजना तथा विकासका राष्ट्रिय लक्ष्यहरु सँग सामञ्जस्यता कायम हुने गरी प्रदेशका आवधिक योजना, बार्षिक नीति तथा कार्यक्रम र बजेटबाट तय भएका विकासका लक्ष्यहरु हासिल गर्न सुदूरपश्चिम प्रदेश सरकार प्रतिवद्धछ। चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको कुशल कार्यान्वयबाट जनताका आवश्यकता, चाहना, अपेक्षा र विश्वासलाई साकार गर्न प्रदेश सरकार सक्रिय रहने छ। राजनैतिक दलहरुबीचको सम्वाद र छलफल समेतका माध्यमबाट आपसी समन्वय र सहमतिको कार्यसंस्कृतिको विकास गर्न उल्लेख्य प्रयासहरू भएका छन्। प्रदेशभित्रको शान्तिसुरक्षा, विकास र सुशासन मार्फत आम प्रदेशवासी जन
ताको आकांक्षा, चाहना र आवश्यकता अनुरूप सर्वाङ्गिण हित हुने गरी विद्यमान नीति तथा कानूनको कार्यान्वयका लागि आगामी दिनमा समेत सुदूरपश्चिम प्रदेश सरकार कृयाशील एवं कटिवद्ध रहने विश्वास दिलाउन चाहन्छु।
साथै सुदूरपश्चिम प्रदेशलाई सुशासनयुक्त एवं विकसित प्रदेशको रूपमा स्थापित गर्ने हाम्रो दूरदृष्टि र अभियानमा प्रदेशवासी जनसमुदाय, सम्पूर्ण राजनीतिक दल, कर्मचारीतन्त्र, प्राज्ञिक जगत, सञ्चार जगत, विकास साझेदार, गैर सरकारी क्षेत्र,व्यावसायिक क्षेत्र, नागरिक समाज लगायतका सबै सरोकारवालाहरुलाई सहकार्य र साझेदारीको लागि हार्दिक अपिल गर्दछु।
अब म प्रदेश सरकारले पछिल्लो एक बर्षमा हासिल गरेको महत्वपूर्ण उपलब्धीहरुको विवरण सुनाउन
चाहन्छु ।
१. एसियाली विकास बैंकले सुदूरपश्चिम प्रदेशको एकीकृत आर्थिक तथा प्रर्यटन विकास सम्बन्धमा अध्ययन सम्पन्न
गरी प्रदेश सरकारलाइ प्रतिवेदन हस्तान्तरण गरेको छ। प्रतिवेदनमा उल्लेखित पूर्व- सम्भाव्यता तथा सम्भाव्यता
अध्ययन समेत गरेको सुदूरपश्चिम प्रदेशको विकासका लागि महत्वपूर्ण पाँच वटा परियोजनाहरुलाई प्रदेशले
आयोजना गर्ने लगानी तथा विकास सम्मेलनमा लगानीकर्ताका लागि प्रस्तुत गरिनेछ । एसियाली विकास बैंकले
लगानी तथा विकास सम्मेलन सफल बनाउन सम्मेलन आयोजनामा लागत साझेदारी तथा अन्य प्रकारका सहयोग
उपलब्ध गराउने प्रतिवद्धता समेत जाहेर गरेको छ।
२. लगानी तथा विकास सम्मेलनलाई सफल पार्न तथा लगानी मैत्री वातावरण निर्माणका लागि नयाँ नीति तथा कानुन
निर्माण एवं मौजुदा कानूनहरुको संसोधन, परियोजना पहिचान तथा निर्माण, लगानीकर्ता पहिचान, प्रचार प्रसारका
लगायतका कार्यहरु तिब्र रुपमा अगाडी बढिरहेका छन्।
३. सुदूरपश्चिम प्रदेशको प्रथम पञ्चबर्षीय योजनाको चार वर्ष समाप्त भई सकेकोले उपलब्धी समीक्षा गरी राष्ट्रिय सोह्रौं
पञ्चवर्षीय योजना, अति कम विकसित मुलुकबाट स्तरोन्नती हुने सम्बन्धी लक्ष्य र विकासका राष्ट्रिय लक्ष्यहरुसँग
तादम्यता कायम गर्दै आगामी दोस्रो आवधिक योजनाको आधारपत्र निर्माणका लागि पृष्ठपोषण प्राप्त गर्न सर्वपक्षीय
छलफलका कार्यहरु अगाडी बढेको छ।
४. सुदूरपश्चिम प्रदेश सरकारले कार्यान्वयमा ल्याएको साक्षर नेपाल अवधारणापत्रको उपलब्धी स्वरुप प्रदेशका १५
देखि ६० वर्ष उमेर समूहका साक्षर नागरिकहरुको संख्या औषतमा ९५ प्रतिशत पुगेकोले सुदूरपश्चिम प्रदेशलाई
साक्षर प्रदेश घोषणा गरिएको छ।
५. सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐन, २०७९ को संशोधन र नियमावली, २०८१ जारी गरी प्रदेश निजामती सेवालाई
व्यवस्थित गरिएको छ। त्यस्तै सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ जारी भई हाल
नियमावली तर्जुमाको कार्य भैरहेको छ। प्रदेश सरकारले यस बर्ष कानुन निर्माण तर्फ १८ वटा ऐन नियम, निर्देशिका
तथा कार्यविधिहरु जारी गरेको छ।
६. यस सरकारले अनेक चुनौति र कठिनाईको सामना गर्दै आर्थिक वर्ष २०८१/०८२ मा प्रदेशको खर्च गर्ने क्षमतामा
बृद्धि गर्दै ७०.२२ प्रतिशत वित्तीय प्रगति हासिल गर्न सक्षम भएका छौं । जुन यस प्रदेश सरकारको अहिले सम्मको
उच्च उपलब्धी हो।
७. यस सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको विभिन्न ११ वटा सूचकको आधारमा
कार्यसम्पादन मूल्याङ्कनबाट सबै प्रदेशहरु मध्ये सबैभन्दा वढी ५१.६ प्रतिशत अंक हासिल गरी हाम्रो प्रदेश पहिलो
बनेको छ।
८. चालू आर्थिक वर्षको वजेट तथा कार्यक्रम कार्यान्वयनमा सुधार गर्दै स्थानीय तहमा वित्तिय हस्तान्तरणको परिमाण
बृद्धि गर्दै लगिएको छ । आर्थिक वर्षमा २०८०१८१ मा ८.०२% वित्तीय हस्तान्तरण भएकोमा आर्थिक वर्ष
२०८१८२ मा ११.९८% पुगेको छ।
९. काठमाडौंमा सम्पन्न राष्ट्रिय समन्वय परिषद्को वैठक, विपद्जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्
वैठक, राष्ट्रिय विकास समस्या समाधान समितिको वैठकमा अर्थपूर्ण सहभागिता जनाउँदै प्रदेशका विशिष्टताहरु र
विकासका आवश्यकताहरु प्रभावकारी ढंगले उठाईएका छन्।
१०. भौतिक पूर्वाधारविकासका क्षेत्रमा यो एक बर्षको अवधिमा प्रदेश सरकारबाट १०६ कि.मि. कालोपत्रे, १०३
कि.मि. ग्राभेल र १४६ कि.मि.कच्ची सडक गरी ३५५ कि.मि.सडक निर्माण सम्पन्न भएको छ।
११. सतही,भूमिगत र नयाँ प्रविधिमा आधारित सिंचाई प्रणालीबाट १६२८ हेक्टर जमिनमा सिंचाई सुविधा थप गरिएको
र मर्मत कार्यबाट १३,९४७ हेक्टर जमिनको सिंचाई सुविधालाई पुनःस्थापना गरिएको छ।
१२. बाढीबाट बस्ती तथा खेतियोग्य भूमि जोगाउन यस बर्ष २७ कि.मि. तटबन्ध निर्माण र २७ हेक्टर जग्गा नदि
उकासबाट प्राप्त भएको छ।
१३. खानेपानीका ८४१ इन्टेक जडान, ५१६ पोखरी निर्माण, २,१३३ कि.मि. पाइपलाईन जडान गरी ११,९३९ निजी
धारा जडान सम्पन्न भएको छ। यस प्रदेश भित्र वि.सं.२०८२ असार मसान्तसम्म खानेपानी सुविधा थप १,०३,५२४
जनसंख्यामा विस्तार गरिएको छ।
१४. अन्तराष्ट्रिय विकास संस्था (आइडिए) र नेपाल सरकार विच भएको खानेपानी सुशासन तथा पूर्वाधार सहयोग
आयोजना संचालन गर्ने सम्बन्धी सम्झौता अनुसार कैलालीको जानकी,बर्दगोरीया र जोशीपुर गाउँपालिका साथै
डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिकामा आयोजना सञ्चालन गर्ने गरी नेपाल सरकार खानेपानी
मन्त्रालय र सुदूरपश्चिम प्रदेश सरकारबीच लागत साझेदारीमा रु.१३ अर्व ३८ करोड ७० लाख रकम बरावरको
आयोजना सञ्चालनका लागि समझदारीपत्र (MoU)मा हस्ताक्षर भई आयोजनाको काम सुरुवातगरीएको छ।
१५. एक बर्षमा यस प्रदेशमा १४,७३२ सवारी साधन दर्ता भई कूल २,२१,४६४ पुगेको र पछिल्लोएक बर्षमा १८,५४५
नयाँ सवारी चालक अनुमति पत्र जारी र १९,३९९ सवारी चालक अनुमतिपत्र नवीकरण भएका छन्।
१६. नेपाल सरकाबाटस्विकृती प्राप्तगरी अछामको बयलपाटा अस्पताल, कैलालीमा अवस्थित लम्कीचुहा अस्पताल
र डडेलधुरामा अवस्थित जोगबुडा अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा स्तरोन्नती र संचालन गर्ने प्रकृया
अघि बढाईएको छ। यसका लागि केही कानूनी पूर्वाधार समेत तयार भैसकेको छ।
१७. राजश्वको दायरा विस्तार गर्दै राज्यको मुख्य आम्दानीको रुपमा रहेको राजस्व संङ्कलन र परिचालनमा सहयोग
पुग्ने गरी आवश्यक नीतिगत र कानूनी व्यवस्था गरिएको छ । राजस्व बृद्धिका लागि थप सुधार गर्नुपर्ने विषयमा
समेत अध्ययन कार्य भइरहेको छ।
१८. मानवपुँजी समृद्धिको सबैभन्दा महत्वपूर्ण आधार हो भन्ने मान्यतामा आधारित भई सुदूरपश्चिम प्रदेश सरकारले
महिला, बालबालिका तथा जेष्ठ नागरिक दशक (२०८२-२०९२) घोषणा गरिएको छ। यसको अवधारणा पत्र
निर्माणको चरणमा रहेको छ।
१९. लागू औषधको दुर्व्यसन र साइवर सुरक्षा सम्बन्धी अभियान कार्यक्रम तर्जुमा गरी युवापुस्ताको भविष्य सुरक्षित गर्न
प्रहरी, स्थानीय तह तथा गै.स.स.सँगको सहकार्यमा विद्यालय तथा समुदायमा सचेतना कार्यक्रम सञ्चालन गरिएको
छ।यसले किशोरअवस्थाका बालबालिकाहरुलाई लागूऔषध ओसारपसार तथा सेवनबाट टाढाराख्न मद्दत गरेको
छा
२०. निजी र सहकारी क्षेत्रका साथै प्रदेशमा कार्यक्षेत्र भएका विकास साझेदारहरूसँगको सहकार्य र समन्वयलाई
प्रभावकारी बनाउन प्रदेशको विकास साझेदारहरुसँगको समन्वय तथा साझेदारीको साझा खाकाको मस्यौदा तयार
गर्ने कार्य अघि बढेको छ।
२१. विपदमा पूर्वतयारी तथा प्रतिकार्य योजना, उद्धार तथा राहत वितरण, मानवीय सहायता लगायतका विपद्
व्यवस्थापन सम्बन्धी कार्यमा निजी क्षेत्र, समुदाय, सहकारी संस्था र विकास साझेदारको सहयोगलाई परिचालन
गर्ने प्रावधान मिलाइएको छ। प्रदेश सरकार जनताको सुख दुखमा रहेको भन्ने आभाष गराउदै वझाङमा भएको
अविरल वर्षाका कारण मृतक ४ जनाका परिवार, अछामको बान्नीगढी-जयगढी र साफेवगर साथै बाजुराको बाम्का
बजारमा भएको आगलागीमा राहत उपलब्धगराइएको छ। चालू वर्षबाट प्रदेशका सबै नागरिकको सुरक्षाका निमित्त
विपद् बीमा कार्यक्रम अगाडी बढाउन बजेट विनियोजन गरीएको छ।
२२. राज्यको चौथों अंगको रुपमा रहेको आमसञ्चार जगतर सरकारबीच सु-सम्बन्ध कायम राख्दै एक अर्कामा सहयोग
र सद्भाव मार्फत पारदर्शिता र उत्तरदायित्वलाई प्रवर्द्धन गर्न साझेदारीका कार्यक्रमहरु सञ्चालन गरिएका छन् ।
सरकारको सम्वन्धलाई अझ प्रगाढ वनाउन आमसंचार निति ल्याउने कार्य अन्तिम चरणमा रहेको छ। प्रदेश
लोककल्याणकारी विज्ञापन वितरण कार्यविधि, २०८१ जारी गरी कार्यान्वयनमा ल्याईएको छ।
२३. समग्र सरकारको वित्तीय उत्तरदायित्व प्रवर्द्धन गर्न लेखा प्रणालीमा देखिएको समस्याहरुलाई समाधान गर्दै बेरुजुलाई
न्यूनीकरण गर्नका लागि संरचनागत पहल गरिएको छ।
२४. कृषि क्षेत्रको उत्पादन र उत्पादकत्वलाई टेवा पुर्याउन कृषि कर्जा अनुदान मार्फत १५१ जना कृषकहरुलाई रु ९७
लाख ४९१ रकम उपलब्ध गराइएको छ। यस कार्यक्रमबाट प्रेरित भई व्यावसायिक कृषकहरुबाट रु २३ करोड ४७
लाख ३२ हजार थप लगानी भएको छ।
२५. कृषिको आधुनिकीकरण गर्ने प्रयत्न स्वरुप प्रदेश सरकारले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मार्फत
१,५४७ साना सिंचाई योजना सम्पन्न गरी ३७८ हेक्टर जग्गामा थप सिंचाइ सुविधा पुर्याएको, प्रविधि हस्तान्तरण
तर्फ साना र ठूला गरी विभिन्न किसिमका ९८८ मेशिन तथा उपकरणहरु कृषकलाई वितरण गरिएको छ।
२६. यस बर्षमा १६,२९,२२८ बाख्रा, गाई र भैसीमा कृतिम गर्भाधान र १ लाख ३२ हजार ७५३ पशु पन्छीलाई उपचार
सेवा प्रदान गरिएको र २ लाख ६७ हजार पशुचौपायालाई खोप सेवा र ४८ हजार लम्पी स्किन रोग विरुद्धको खोप
लगाउने कार्य सम्पन्न गरिएको छ।
२७. संघीय सरकारसँग समन्वय गरी कञ्चनपुरको दोधारा चाँदनीको विशेष आर्थिक क्षेत्र निर्माणको कार्य प्रारम्भ भएको,
डुडेझाडी औद्योगिक क्षेत्रलाई प्रादेशिक औद्योगिक क्षेत्रको रूपमा विकास गर्न संघीय मन्त्रालयसँग समन्वय गरी
वातावरणीय अध्ययन अगाडी बढेको छ। प्रदेशभित्र स्थापना हुने करिव २८ वटा उद्योगको प्रारम्भिक वातावरणीय
मुल्याङ्कन प्रतिवेदन स्वीकृत गरिएकोछ।
२८. करिव १४ लाख ४७ हजार विरूवा उत्पादन गरी करिव १२२ हेक्टर जमिनमा वृक्षारोपण गरिएको छ। १९ वटा वन
समुदायमा हस्तान्तरण, ९ वटा सिमसार क्षेत्र संरक्षण, ३५ हेक्टर वनक्षेत्रमा जडिवुटीको खेती विस्तार,१६ लाख
घनमिटर काठ उत्पादन गरिएकोर जसमध्ये गरी ३९ हजार ४८४ घनमिटर काठ स्थानीय जनतालाई वितरण गरिएको
छ । वन क्षेत्रबाट १ लाख ७४ हजार श्रमदिन रोजगारी श्रृजना भएको छ।
२९. यस प्रदेशबाट एक बर्षको अविधमा २१ लाख ३२ हजार के.जि. जडिबुटी, ४० लाख ४० हजार के.जि. खोटो
उत्पादन तथा विक्रि भएको छ जसबाट रु. २४ लाख भन्दा बढी राजश्व संकलन गरिएको छ।
३०. वन्यजन्तु- मानव द्वन्द्वबाट पिडित ४५६ जना ब्यक्ति तथा निजका परिवारलाई रु १ करोड २९ लाख रकम राहत
स्वरुप वितरण गरिएको छ।
३१. बझाङ्ग र बाजुरा जिल्लामा ५ वर्षको लागी करिब ३० मिलिएन अमेरिकी डलर बराबरको “जलवायु उत्थानशिल
भू-परिधि तथा जीविकोपार्जन आयोजना” कार्यान्वयनका लागी एसियाली विकास बैंक (ADB) सँग सम्झौता भई
चालु आर्थिक वर्ष देखि सञ्चालनमा आएको छ।
३२. प्रदेश भित्रमा ३१ वटा स्थानमा धार्मिक मठ मन्दिर निर्माण, ९ वटा ताल र झरना संरक्षण र ९ वटा पर्यटकीय पार्क
निर्माण गरिएको छ । खप्तड पर्यटकीय पदमार्ग स्तरोन्नती, उग्रतारा मन्दिर धर्मशाला निर्माण, अजयमेरू दरवार
संरक्षणको कार्य गरिएको छ।
३३. एक बर्षमा सुदूरपश्चिम प्रदेश भित्र १,९६४ वटा नयाँ उद्योग दर्ता गरिएको, ११० वटा उद्योगहरुको लागि प्रविधि
हस्तान्तरण गरिएको, ९५६ जना ब्यक्तिहरुलाई सीप विकास तथा उद्यमशीलता विकास तालिम प्रदान गरिएको छ।
३४. निःशुल्क रक्त संचार सेवा अन्तर्गत १,१८७ जना बिरामीलाई २,१४८ पिन्ट रगत निःशुल्क उपलब्ध गराईएको,
करिब १ लाख ४६ हजार ६१२ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध एच पि भी खोप, एआई
प्रविधिद्वारा २२ हजार जनाको क्षयरोगका बिरामीहरुको चेकजाँच परीक्षण, ११ हजार भन्दा बढी महिलाई स्वास्थ्य
शिविर मार्फत प्रजनन स्वास्थ्य सम्बन्धी सेवा प्रदान गरिएको, १४ हजार नागरिकमा नसर्ने रोगको स्क्रीनिंग कार्यक्रम
सञ्चालन गरिएको र ४,३९७ जनामा सिकलसेल एनिमिया र थालेसिमिया रोग परीक्षण गरिएको छ।
३५. आर्थिक रुपले विपन्न नागरिकको औषधी उपचार सहायता कार्यक्रम अन्तर्गत ६४५ जनालाई उपचार सहायता
प्रदान गरिएको छ।
अन्तमा, म सबै सञ्चारकर्मी तथा मिडियाका माध्यमबाट प्रदेश सरकार प्रदेशको सम्रग विकास, आर्थिक एवं सामाजिक रुपान्तरण, नागरिकहरुका आवश्यकता परिपूर्ति तथा अधिकारको संरक्षण, सुशासन अभिवृद्धि र सार्वजनिक सेवाको प्रभावकारिता वृद्धि गर्ने सम्बन्धमा प्रतिवद्ध रहेको छु। सुदूरपश्चिम प्रदेशमा प्रचुर सम्भावना भएका प्राकृतिक स्रोत तथा साधन, पर्यटन, कृषि, खनिज लगायत सबै आर्थिक अवसरहरुको अधिकतम उपयोग गर्दै यस प्रदेशका जनताको आर्थिक समृद्धि ल्याउन आवश्यक सबै किसिमका प्रयत्नहरु गर्न अहोरात्र खटिने प्रतिवद्धता समेत जाहेर गर्दछु।