कैलालीको अत्तरियाका ब्यबसायी ज्ञानेन्द्र खड्का केही दिन प्रहरी खोर भित्र बसेर निस्किएका छन् ।
उनी पक्राउ बारे प्रहरीले दुव्र्यवहार मुद्दा मा समातिएको प्रतिक्रिया दिएको थियो। पक्राउको ठोस के हो भन्ने कुरा प्रहरीले अहिलेसम्म भनेको छैन । प्रहरीले उनलाई हाजिर जमानी मा छोडेको छ ।
प्रहरी खोरबाट निस्किएका उनै खड्काले सामाजिक संजाल फेसबुकमा लामो पोष्ट गरेका छन् ।
उनले लेखेका छन् - इमानदार थिएँ, छु पनि तर मलाई जबर्जस्ती अपराधी बनाउने प्रयास गरियो।मैले बीस नपिएको, तर मलाई बीस पिलाउन खोजियो।
तर मेरो शुभचिन्तक कुलदेवताले त्यो बीसलाई शरीरभित्र पस्नै दिएनन्।निदोश थिएँ—तर सजाय दिइयो।
मौन थिएँ—त्यसैले सजिलै लाञ्छना थोपरियो।
केवल एउटा गहना—जुन मैले आफ्नै पसिना र मेहनतले किनेको थिएँ—त्यसलाई आधार बनाई मलाई सुन तस्करको नाम दिइयो।
मेरो रहरलाई अपराध बनाइयो, मेरो लवाइलाई प्रमाण बनाइयो।
न प्रमाण थियो, न अपराध—तर मलाई १५ मिनेटमै अपराधी घोषणा गरियो।प्रहरी आए—न त नोटिस, न त कारण। १५ मिनेट न पुग्दै म्याद थप ?
ढोका ढकढक्याए, मेरा परिवारका अनुहारमा त्रास मात्र थिएन—भविष्यप्रतिको भय थियो।मलाई चौकी लगियो, आत्मसम्मानलाई धूलोमा मिसाइयो।केहि दिनको त्यो जेल—मेरो लागि कारागार होइन, एक निर्दोष आत्माको चिहान थियो।
र मिडिया?
सत्य खोज्न त परे रह्यो—तर मनगढन्ते कथा र रङ्गीन हेडलाइन बनाएर मलाई नै समाज अगाडि खलनायक बनाए।
साँच्चा दोषीहरू ओझेलमा परे, तर मेरो अनुहार सबैको मोबाइलमा घुमिरह्यो।
म भन्दा धेरै घाउ त मेरो परिवारले पाए।
आमा रातभर रोइन्, बुबा भित्तातिर टोलाएर हेर्दै बसिरहे।
श्रीमतीले थालको खाना भन्दा आँशु धेरै खाइन्।
र मेरो छोरा...?
के अपराध मैले गरें?
कि त्यो सत्य बोलेँ जसको म सधैं पक्षमा उभिन्छु?
मैले अत्तरिया उद्योग वाणिज्य संघमा सहिलाई सही, गलतलाई गलत भनेर बोलेको मात्रै हो—
तर यही सत्य कसैको घाटी अठ्यायो, अनि मलाई टोक्न थाल्यो।
यस समाजलाई सत्य होइन—रमाइला झूटहरू मन पर्छन्।
त्यही झूटको भोगी बनेँ म।
र आज म चिच्याएर भन्न चाहन्छु—
"म अपराधी होइन, म एक इमानदार नागरिक हुँ।
तर मेरो इमानदारीलाई समाजकै चौराहामा झुन्ड्याउने प्रयाश गरियो!