कैलालीको अत्तरिया स्थित अत्तरिया साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ।
सार्वजनिक मतपरिणामअनुसार अध्यक्ष पदमा राजेन्द्र बहादुर खड्का निर्वाचित भएका छन्।खड्काले ११ सय २२ मत प्राप्त गर्दै विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी गणेश शाहले ७ सय ४२ मत प्राप्त गरेका छन्। अर्का अध्यक्ष का उम्मेदवार हर्क बहादुर शाहले ५ सय ३१ मत पाएका छन्।
उपाध्यक्ष पदमा खड्का प्यानलका लक्ष्मण बहादुर कडायत ७ सय ७५ मतसहित विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी प्रेम सिंह कडायतले ६ सय ४८ मत प्राप्त गरेका छन्।
महासचिव पदमा धर्म सिँ कुँवर ८ सय ८१ मत सहित बिजयी भएका छन् ।उनका निकटतम प्रतिद्वन्दी तिर्थ ओझाले ५ सय २ मत पाए । महासचिव मै गोरख बहादुर कडायतले ४ सय ४९ मत पाए ।
त्यस्तै महासचिवका अर्का उम्मेदवार धनराज बिष्ट जोशी ले ४ सय ७८ मत पाए ।सचिव पदमा छबिन्द्र नाथ योगी ८ सय ८९ मतसहित निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्दी मदन राज शर्माले ८ सय ४५ मत मात्रै पाए ।
कोषाध्यक्ष पदमा खड्का समुह कै भोज बहादुर साउद ९ सय २९ मतसहित विजयी भएको निर्वाचन समितिले जनाएको छ।कोषाध्यक्ष मै नर बहादुर बलायरले ६ सय २७ मत पाएर दोस्रो बने ।
यस्तै कार्य समिति सदस्यमा पनि खड्का प्यानल का १ पुरुष र ४ महिला उम्मेदवार बिजयी भएका छन् । सदस्य मा धर्मराज भट्ट भने हर्क बहादुर शाह प्यानलबाट बिजयी भएका छन् ।
राजेन्द्रबहादुर खड्का समूहलाई नेपाली कांग्रेस नेकपा एमाले र नेकपाले समर्थन गरेको थियो। उता हर्कबहादुर शाह प्यानलमा भने अधिकांश कांग्रेस समर्थक उम्मेदवारहरू थिए।
गणेश शाह भने स्वतन्त्र युवाहरूको समर्थनमा उम्मेदवार बनेका थिए।