भारत भ्रमणमा रहनु भएका सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले शुक्रबार भारतको उत्तराखण्ड प्रदेशका तीनजना विभागिय मन्त्रीहरुसँग भेटघाट गरेका छन् ।
मुख्यमन्त्री शाहले बनमन्त्री सुवोद उनियाल, पर्यटन मन्त्री सतपाल महाराज र कृषि मन्त्री गणेश जोशीसँग छुट्टाछुट्टै भेटघाट गरेका हुन् ।
भेटमा बन तथा पर्यटन प्रबर्द्धन र आधुनिक कृषि खेतीका विषयमा कुराकानी भएको छ । पर्यटन प्रबर्द्धनले रोगारीको सिर्जना र विदेशी मुद्रा आर्जनसँगै राष्ट्रिय अर्थतन्त्रमा समेत टेवा पुग्ने विश्वास लिइएको थियो ।
विकास लक्ष्य हासिल गर्न र नेपाली जनताको दिगो सामाजिक एवं आर्थिक उन्नतिका लागि पर्यटन प्रबर्द्धनले महत्वपूर्ण योगदान दिनसक्ने कुरामा छलफल भएको थियो ।
पर्यटन मन्त्री सतपालसँग मुख्यमन्त्री शाहले धार्मिक मानसखण्ड सर्किट, आध्यात्मिक टुरिजम, ओएलनेस टुरिजमको विषयमा छलफल गरेका थिए ।
नेपालमा भौगोलिक अवस्था र मौसम अनुसारको कृषि खेती गर्ने र आधुनिक तरिकाले उत्पादन गरिएको बस्तुलाई बजारिकरणमा जोड दिनुपर्ने कृषि मन्त्री जोशी र मुख्यमन्त्रीबीच कुराकानी भएको थियो ।
सोही अनुसारको बीउ, विजन र प्राविधिक सहयोग आदान प्रदान गर्ने विषयमा छलफल भएको थियो ।
भेटमा नेचुरल फार्मिङ, ओर्गानिक फार्मिङ्ग उत्पादनका बिषयमा कुराकानी भएको थियो।