कैलालीको अत्तरियामा ब्यबसायी, राजनितिक दलका प्रतिनिधी र अन्य सरोकारवालाको भेला सप्पन्न भएको छ । भेलामा सहभागी ब्यबसायीहरुले एक स्वरमा अत्तरिया उधोग बाणिज्य संघ को बिशेश अधिबेशन गरेर नयाँ नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका छन् । संघबाट राजीनामा दिएका ११ जनाको अगुवाईमा भेला भएको हो ।
भेलामा सहभागी ब्यबसायी हरिकृष्ण पाण्डेले नैतिकता को आधारमा अध्यक्षले राजिनामा दिनुको विकल्प नरहेको बताए । यस्तै ब्यबसायी गणेश बलाएरले अध्यक्षले अब कार्य समितिमा बहुमत गुमाइसकेपछि बैधानिकता खोज्नु गलत रहेको तर्क गरे । उनले यो समितिलाई ब्यबसायीहरुले अस्विकार गरिसकेको जिकिर गरे ।
संघका पुर्ब उपाध्यक्ष कमल कडायतले संस्था पहिलो देखि नै ट्र्याक बाहिर रहेको बताए । उनले कोषाध्यक्षको नाममा खाता समेत नहुने बिगतमा यो संस्था भित्र अभ्यास गरिएको बताए । उनले महोत्सव नै अहिलेसम्म उधोग बाणिज्य संघको झगडा को बीउ भएकाले अब महोत्सव नलगाए पनि हुने तर्क गरे ।
ब्यबसायी धना चोखालले उधोग बाणिज्य संघ संस्था जस्तो बन्न नसकेको बताइन् । उनले भनिन्,' यो संस्थाले कुनै पनि ब्यबसायीको दु:खमा मलम लगाउन सकेको छैन । अनि किन यो संस्था चाहियो र । यो वा त्यो पक्ष भन्ने छैन । गलत गर्ने गलत नै हुन्छ । अब यो कमिटी ले निकाश दिँदैन नयाँ प्रक्रियामा जानुपर्छ,'।
ब्यबसायी रोम सापकोटले अहिलेको कार्यसमितिले ब्यबसायीको मत माथी घात गरेको आरोप लगाए । उनले चुनाव को बेला अनावश्यक भोटर जम्मा गर्ने पद्धतिले अहिलेको परिणाम निम्ताएको जिकिर गरे।
ब्यबसायी गोकर्ण भट्टले चुनावको बेला नै फर्जी मतदाता बनाएर संस्था भित्र भ्रास्चाटर शुरु गरिएको भन्दै अब यसलाई सच्च्याउनु पर्ने बताए । उनले राजिनामा स्विकृत भईसकेपछी पुरानै समिती मिल्ने कुरा कानुन संगत नहुने तर्क गर्दै भने, ११ जनाले राजिनामा दिइसकेका छन् । राजिनामा पनि स्विकृत भईसकेको छ, कार्य समिती नै अल्पमतमा परेपछि कमिटी स्वत: नै डिजल्भ गरेर बिशेष अधिबेशनमा जानुपर्दछ ।'
संस्थाका संस्थापक बाजि कामिले संस्था आफुहरुले दुख गरेर जन्माएको भए पनि अहिले आएर संस्था बदनाम भएको दुखेसो पोखे । महोत्सवमा कहिले नक्कली ठेली बिक्री गरेर , कहिले महोत्सवमा मान्छे को ज्यान गएर संस्था को बदनाम गर्ने कार्य गर्न नहुने उनले सुझाव दिए। भेलामा १ सय २३ भन्दा बढी ब्यबसयीहरु को सहभागीता रहेको थियो ।
११ जनाको राजीनामा पनि गलत
कार्यक्रममा बोल्ने केही ब्यबसायीहरुले कार्य समितिका ११ जनाले राजीनामा दिनु पनि गलत भएको तर्क गरे ।
राजीनामा दिनुको साटो समिति भित्रै बसेर गलतका विरुद्ध लडनु को साटो ११ जनाले राजीनामा दिएर झनै गलत गर्नलाई प्रोत्साहन गरेको केहीको आरोप छ । ब्यबसायी गणेश महराले अहिलेको समितिका १५ जना को प्रवृत्ति नै गलत रहेको तर्क गरे ।
गलतको विरुद्ध लडने साथीहरू नै प्रशासन र अदालतमा गएर मिलेर आउने कुराले शंका उब्जिएको उनले बताए ।
यस्तै ब्यबसायी धर्म कुँवर ले ११ जनाले राजिनामा दिएर गलत बिरुद्द लड्ने ब्यबसायीहरुलाई धोका दिएको आरोप लगाए । उनले संस्थामा सल्लाहकार बनाएर आफुहरुलाई बेकुब बनाएको तर्क गरे ।
ब्यबसायी गोकुल भट्टले यस्ता भेलाले निकास दिन नसक्ने तर्क गरे । उनले नक्कली ठेली प्रकरणमा सबैको मिलोमतो रहेको जिकिर गरे ।
७ सदस्यीय समन्वय समिति गठन
अत्तरिया उधोग बाणिज्य संघमा देखिएको समस्या समाधान को लागि ब्यबसायीको भेलाले ७ सदस्यीय समन्वय समिति गठन गरेको छ । अगुवा ब्यबसायी गोकर्ण भट्ट , हरिकृष्ण पाण्डे , सुरत कार्की, धर्म कुँवर , वीर बहादुर चोखाल ,धना चोखाल र गणेश महरा समितिमा रहेका छन् । समितीले सबै पक्ष सँग समन्वय गरेर यसको निकास दिने अपेक्षा गरिएको ब्यबसायी दलबहादुर खड्काले बताए ।