सुदूरपश्चिममै पहिलोपटक धनगढीको निसर्ग हस्पिटलमा थाइरोइडको सफल शल्यक्रिया भएको छ ।
नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. सुमन थापा, फिजिसियन डा. हितेश जोशी, एनेसथेसियोलोजिष्ट डा. हेमन्त ओझा र डा.सुशील भट्टलगायतको टोलीले सुदूरपश्चिममै पहिलोपटक सफल शल्यक्रिया गरेका हुन् ।
यसअघि थाइरोइडका विरामी महँगो पैसा तिरेर सुदूरपश्चिम बाहिर तथा भारतका विभिन्न सहर धाउन बाध्य थिए । प्रायःबिरामी भने औषधि सेवन गरेरै रोकथामको उपाय अपनाउने गरे पनि निसर्ग हस्पिटलको विशेषज्ञसहितको चिकित्सक टोलीले थाइरोइडको शल्यक्रिया सफलरुपमा गरेपछि विरामीले खुशी ब्यक्त गरेका छन ।
‘थाइरोइडको सुरुवाती चरणदेखि २ वर्षको अवधिसम्म नियमित औषधि सेवनबाट थाइराइड ग्रन्थी नियन्त्रण हुन्छ,’ फिजिसियन डा. हितेश जोशीले भने,‘यदि औषधि सेवनबाट नियन्त्रण हुन नसकेमा शल्यक्रिया नै अन्तिम उपाय हो ।’
अहिलेसम्म सुदूरपश्चिममा थाइरोइड रोगको शल्यक्रिया कुनै अस्पतालमा हुन नसकेको बताउँदै उनले भने,‘हाम्रो विशेषज्ञसहितको टोलीले भने पहिलोपटक सफल शल्यक्रिया निसर्ग हस्पिटलमा गरेको छ ।’
शल्यक्रियाका लागि चाहिने आवश्यक अत्याधुनिक उपकरणले सहज भएको उनी बताउँछन् ।