अत्तरिया -संघीय सदन को स्वास्थ तथा शिक्षा समितिले गेटा मेडिकल कलेजको बारेमा बृहत अन्तरकृया गरेको छ । आईतवार कैलालीको अत्तरियामा समितीले यस क्षेत्रका जनप्रतिनिधी , राजनितिक दलका प्रतिनिधी, नागरिक समाजका अगुवा र गेटामा चिकित्सा बिश्वबिधालय संचालानर्थ गठित संघर्ष समिति का प्रतिनिधीहरु सँग राय सुझाब माग गरेको हो ।
समितीका सदस्य एमाले सांसद योगेश भट्टराईले गेटामा निर्मित मेडिकल कलेज कुण मोडेलमा सन्चालन गर्न सकिन्छ भनेर स्थानिय सबैको धारणा बुझ्न् समिती आएको बताए । उनले सबैको धारणा बुझेर सरकारलाई आबश्यक निर्देशन दिने बताए ।
समितीमा सांसद मान बहादुर विश्वकर्मा, योगेश भट्टराई , नबिना लामा, चित्रालेखा यादब, डा दिपक प्रसाद भट्ट , नारदमुनी राना लगाएतका रहेका छन । यसअघि समितीका सदस्यहरुले निर्माणाधिन गेटा मेडिकलको भौतिक संरचनाको अनुगमन समेत गरेका छन ।
कार्यक्रममा बोल्ने सबै बक्ताहरुले गेटा मेडिकल कलेजलाई स्वायत्त विश्वबिधालयको रुपमा छिटो सन्चालन गर्नुपर्ने समितीलाई सुझाब दिएका छन।उनिहरुले सुदुरपश्चिमलाई हेर्ने सरकारको धारणामा पनि बादलाब आउनुपर्ने बताए । कार्यक्रममा स्थानियहरुको बाक्लो उपस्थिती रहेको छ ।
भौतिक संरचना निर्माणको कार्य अझै सकिएको छैन : पूजारा
गेटा मेडिकल कलेज भौतिक पूर्बाधार समितीका अध्यक्ष हेमराज पूजाराले निर्माणाधिन गेटा मेडिकल कलेजमा अझै पनि केही काम बाँकी नै रहेको समितीलाई जानकारी गराएका छन । उनले ११ प्याकेज मध्य ७ वटाको काम सकिएको र अझै ४ वटा प्याकेजको काम बाँकी नै रहेको बताए ।
उनले भने - अहिले सम्म कलेज सन्चालन को लागी आबश्यक बिद्युत पानी फर्निचर लगाएतका स्रोत साधन जुटाउन बाँकी नै छ ।
अब यो आर्थिक बर्ष भित्र सबै काम सकिने छ अनी मात्रै सन्चालनमा सहज हुन सक्छ । पूजाराले यसै बर्ष सरकार ३ सय बेडको अस्पताल सन्चालन गर्ने भनेको जानकारी गराए । तर कुन मोडालिटीमा सन्चालन गर्ने भन्ने अझै केही सरकारबाट निर्देशन नआएको जिकिर गरे ।
उनले अस्पताल सन्चालनको लागी निर्देशक को जिम्मेवारी पनि सरकारले तोकिसकेको भएपनी अहिले अध्यन कै क्रममा रहेको बताए