नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ को क्षेत्रीय अधिवेशनअन्तर्गत क्षेत्रीय सभापतिदेखि केन्द्रीय महाधिवेशन प्रतिनिधिसम्म दुई प्यानलबीच प्रतिस्पर्धा भएको छ।
१५औँ महाधिवेशनअन्तर्गत आज भइरहेको निर्वाचनमा क्षेत्रीय सभापति पदमा विजय बहादुर कुँवर र सुरत बहादुर कार्की प्रतिस्पर्धामा छन्।
महाधिवेशन प्रतिनिधितर्फ महिला खुल्ला, खुल्ला, पेशागत, युवा महिला, युवा खुल्ला, प्रजातन्त्र सेनानी/शहिद परिवार/द्वन्द्व प्रभावित तथा आदिवासी जनजाति लगायतका समूहमा उम्मेदवारहरू चुनावी मैदानमा छन्।
मतपत्रमा महिला खुल्लातर्फ चार जना, खुल्लातर्फ १० जना तथा सम्बन्धित समावेशी र युवा समूहबाट तोकिएको संख्यामा प्रतिनिधि छनोट गर्नुपर्ने व्यवस्था छ।
कार्की पक्षबाट क्षेत्रीय सभापतिमा सुरत बहादुर कार्कीसहित महाधिवेशन प्रतिनिधितर्फ ईश्वरी कठायत, ईश्वरी रावल, तुलसी देवकोटा, ललिता पाठक, खेम बहादुर साउँद, गोरख बहादुर बिष्ट (आनन्द), टिका राम ढुंगाना जैसी, ध्रुवराज भट्टराई, पदम राज भट्ट, पुष्प राज जोशी, वसन्त रोकाया, भोज बहादुर बम, लोक राज पाण्डेय (आगो), विष्णु प्रसाद भाटलगायत उम्मेदवार रहेका छन्।
त्यस्तै, पेशागततर्फ टेकराज अवस्थी, युवा महिलातर्फ रोशनी शाह, युवा खुल्लातर्फ दिपक राज ओझा र भुवन महरा, प्रजातन्त्र सेनानी/शहिद परिवार/द्वन्द्व प्रभाविततर्फ बिक्रम बहादुर खड्का तथा आदिवासी जनजातितर्फ यज्ञ राज चौधरी उम्मेदवार छन्।
क्षेत्रीय प्रतिनिधिहरूले मतदानमार्फत क्षेत्रीय नेतृत्व तथा महाधिवेशन प्रतिनिधि चयन गर्नेछन्। निर्वाचनको परिणामपछि कैलाली–४ बाट कांग्रेसको क्षेत्रीय नेतृत्व र केन्द्रीय महाधिवेशन प्रतिनिधिको टुंगो लाग्नेछ।