रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार बिहान ११ बजेसम्म १ हजार ४ सय ५३ जनाको मृत्यु भएको पुष्टि भएको छ।
नेपाल प्रहरीका अनुसार रसुवामा २ सय ३६, नुवाकोटमा २ सय ४, धादिङमा ७२, चितवनमा ३ सय ६८, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय ३२ र नवलपरासी पश्चिममा २ सय २२ जनाको शव फेला परेको छ।
काठमाडौंमा उपचारका क्रममा थप दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।फेला परेका शवमध्ये आवश्यक प्रक्रिया पूरा गरी १ हजार ३ सय ३४ शव व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतकका १ हजार ३ सय २९ र आफन्तका २ हजार ६० गरी कुल ३ हजार ३ सय ८९ वटा डीएनए नमुना संकलन गरिएको छ।
पहिचान हुन नसकेका १ हजार ४ सय २१ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा सार्वजनिक गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनका लागि हालसम्म ७ हजार ९ सय ७५ प्रहरी कर्मचारी परिचालन गरिएको प्रहरीले जनाएको छ।
यस्तै, ४ हजार ७ सय १८ जना अझै बेपत्ता रहेको र उनीहरूको खोजी कार्य जारी रहेको छ। विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा १ हजार २ सय ५ जना राखिएको प्रहरीले जनाएको छ।