डडेल्धुरा-डडेल्धुराको उपक्षेत्रीय अस्पतालसहित देशभरका ५ अस्पतालको स्तरोन्नति गरिएको छ । नेपाल सरकार, मन्त्रिपरिषदको फागुन ३ गते बसेको बैठकले देशभरका ५ वटा अस्पताललाई ‘विशिष्ट विशेषज्ञ अस्पताल’ मा स्तरोन्नति गरेको हो ।
संघीय सरकारअन्र्तगत राखिएका ५ मध्ये ४ वटा अस्पतालको नामसमेत फेरिएको छ । डडेल्धुरा उपक्षेत्रीय अस्पतालको नाम अब डडेल्धुरा अस्पताल , वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालको नाम अबदेखि नारायणी अस्पताल मोरङको विराटनगरमा रहेको कोशी अञ्चल अस्पताल कोशी अस्पताल, नेपालगञ्जको बाँके स्थित भेरी अञ्चल अस्पतालको नाम भेरी अस्पताल मात्रै लेखिनेछ ।
भरतपुर अस्पताल चितवनको नाम भने यथावत छ । मन्त्रालयका स्वास्थ्य समन्वय महाशाखाका प्रमुख एवं स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले यी अस्पतालहरुलाई प्रदेशकै उत्कृष्ट सेवा भएका अस्पताल बनाइने दाबी गर्नुभयो ।
स्तरोन्नति गरिएका अस्पतालहरुमा मुटुको शल्यक्रिया गर्ने, किड्नी लिभर फेर्ने, क्यान्सरजस्ता जटिल रोगको उपचार पनि हुने उहाको दाबी छ ।