अत्तरिया - कैलालीको अत्तरियामा रहेको प्रतिभा पुस्तकालय को १३ औँ साधारण सभा मार्फत नयाँ नेतृत्व चयनमा सकस भएको छ । जसको अध्यक्षमा पुष्पराज जोशीले कार्यकाल दोहर्याउन चाहेका छन। अध्यक्षमा खासै बलियो अरुको दाबी परेको छैन ।
समितीको उपाध्यक्षमा भने ५ जनाले दाबी गरेका छन । उपाध्यक्षमा दाबी गर्नेहरुमा यज्ञराज हमाल,पदम बहादुर साउँद , कृष्णराज ओझा,चिन्तामणी घिमिरे,टेकराज भट्ट रहेका छन । यस्तै सचिबमा लीलाधर बास्कोटा र राजबहादुर कडायत रहेका छन । सह सचिबमा भुपेश जोशी को दाबी रहेको छ । कोषाध्यक्षमा धर्म सिं कुँवर को दाबी रहेको छ ।
यस्तै सदस्यहरुमा डम्मर सिं कडायत,बिस्वनाथ ओझा,हेमन्तराज जोशी,डा टिएन जोशी,तपराज ओझाको नाम प्रस्ताबित गरिएको छ । संस्थाका ४३५ जना आजीवन सदस्य रहेका छन् । प्रतिभा पुस्तकालयको स्थापना २०५७ सालमा साहित्यकार कृष्ण पनेरु बन्चित को अगुवाईमा भएको थियो ।