डडेल्धुरा -'शनिबार विदाको दिन, विहानै पाँचबजे आएको हुँ, विहान योग्या गरेर त शरिर हलुका हुने रैछ,' डडेल्धुराको अमरगढी नगरपालिका–१ का वडाअध्यक्ष लोक बहादुर ऐरले भने- 'यो भन्दा पहिला त योग्या गर्नुपर्छ भन्ने थाहा थियो तर व्यवहारमा उतारेको थिएन।'
उनले भने -अब दैनिक विहान योगा गर्छु,२१ दिन सम्म अलिकति अफ्ठ्यारो हुन्छ, त्यसपछि बानि परिहाल्छ।,' उनले थपे- 'शुरुको दिन भएर होला आज कम्मर अलिकति दुःखि रहेको छ।' उनि जस्तै वडा न. ६ का वडा अध्यक्ष गोविन्द राज भट्टले पनि स्वास्थ्यलाई सन्तुलित राख्नको लागि योग गर्नु अति आवश्यक लागेको बताए ।
उनले भने- 'पहिला मेरो शरिर एकदमै स्फुर्त थियो तर अहिले ४७÷४८ बर्षको उमेरमा नै कम्मर दुख्ने समस्या आएको छ । पहिला म दिउसो भरिकाम गर्ने मान्छे हुँ । तर अहिले थोरैकाम गरेपनि स्वस्थ्यमा धेरै समस्या आउने गरेको छ।' शारिरिक अभ्यास नभएर यस्तो हुने गरको उनको ठम्याइ छ । तर योग्या सम्बन्धि कक्षा लिएपछि शरिरमा परिवर्तन महसुस भएको उनको भनाइ छ । उनले थपे -अव म आफ्नो वडाबाट पनि योग सम्बन्धि कार्यक्रम विनियोजीत गर्ने छु । र आफ्नो वडाका प्रत्येक नागरिकलाइ योगा सम्बन्धि जानकारी गराउने उनको उद्देश्य पनि छ ।
सुदूपश्चिम सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय राजपुर डोटीेद्धारा डडेल्धुरा जिल्ला सदमुकाममा आयोजित स्थानीय तह, सरोकारवाला संग आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा प्रवर्द्धन जीवन शैली बिषयक दुइ दिने कार्यक्रमबाट योगा सम्बन्धि जानकारी र योग कक्षा सञ्चाल गरिएको थियो । जनप्रतिनिधिहरुले स्थानीय स्तरमा पाइने जडीबुटी र योगा सम्बन्धि चासो नदेखाएको भन्दै उनिहरुको ध्यानाकर्षण गराउन कार्यक्रमको आयोजना गरिएको डडेल्धुरा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका खेमराज पनेरुले बताए ।
आयुर्वेद र योगाको महत्व बुझाउनको लागि कार्यक्रमको आयोजना गरिएको उनले जनाए । सुदूरपश्चिमका विभिन्न भेगमा सतुवा, जटामसी, कुड्की, बर्रो, लोठसल्ला, वन लसुन, नीरमसी र बिखुलगायतका बहमुल्य जडिबुटी पाइन्छन् । तर तिनिहरुको संरक्षण र सम्बर्धन हुन नसक्दा कतिपय आयुर्वेदिक औषधिको स्रोत मानिने जडिबुटीहरु लोप हुने अवस्थामा पुगेका छन्।