भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको भीषण बाढीमा परी हालसम्म ९८७ जनाको शव फेला परेको छ। अझै ३ हजार ९१६ जना सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार फेला परेका शवमध्ये रसुवामा २७, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७० र चितवनमा ३२१ जना छन्।
सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका ३ जना रहेका छन्।
त्यस्तै, रसुवामा करिब ८६५, नुवाकोटमा १ हजार ५५८, जलविद्युत् आयोजनासँग सम्बन्धित ६३९ तथा सम्पर्कविहीन विदेशी नागरिक ५८३ जना रहेको प्राधिकरणले जनाएको छ। विदेशी पर्यटकसँगै घुम्न गएका १६४ नेपाली, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ तथा क्वारेन्टाइन कार्यालयका ३ जना पनि सम्पर्कविहीन छन्।
बाढीमा परी हालसम्म २७९ जना घाइते भएको प्राधिकरणले जनाएको छ।घटनापछि विभिन्न प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको छ।