अत्तरिया - कैलालीको गोदावरी नगरपालिकाका बिकट गाउँका किशोरीहरुलाई प्रजनन् स्वास्थ्य बारे जानकारी दिन थालिएको छ । अत्तरियामा रहेको आर्यान इन्टरप्राइजेजको आयोजना र किशोरीहरुका दिन नेपाल संस्थाको समन्ब्य गाउँ गाउँमै पुगरेर किशोरीहरुलाई प्रजनन् स्वास्थ्य बारे जानकारी दिन थालेको हो ।
सोही क्रममा आज पहिलो दिन गोदावरी नगरपालिकाको वडा नं १२ ओलानीका किशोरी तथा महिलाहरुलाई लामो समय सम्म प्रयोग गर्न सकिने सेनेटरी प्याड बितरण गर्दै प्रजनन् स्वास्थ्य बारे जानकारी गराइएको छ । किशोरीहरुका दिन नेपालकी अध्यक्ष माया खाइतीको सभापतित्वमा भएको कार्यक्रममा गोदावरी १२ का वडा अध्यक्ष भिम बहादुर खड्का प्रमुख अतिथी रहनुभएको थियो ।
यस्तै कार्यक्रममा वडा सदस्य राधिका जोशी बिशिष्ट अतिथी रहनुभएको थियो । ग्रामिण क्षेत्रका किशोरी तथा महिलाहरुलाई प्रजनन् स्वास्थ्य बारे जानकारी नहुदा भबिष्यमा बिभिन्न खाले संक्रमणको शिकार हुने भएकाले उनीहरुलाई यस बारे जानकारी दिन कार्यक्रम गरिएको अध्यक्ष माया खाइतीले बताइन् ।
उनले कार्यक्रमा सहभागीहरुलाई प्रजनन प्रणाली र प्रजनन अंगहरुको स्वास्थ्य साथै यौनसंग सम्वन्धित विषयहरुको बारेमा जानकारी गराएकी थिइन् ।
उनले मानिस पुर्ण रुपमा स्वास्थ हुनका लागि उसमा प्रजनन अंगहरु ठीक, सबल हुनु मात्र नभई प्रजनन तथा यौन सम्बन्धित मानसिकता, दृश्टिकोण,अवधारणा, सोच पनि सकारात्मक हुनु जरूरी रहेको बताइन् ।
उनले यौन तथा प्रजनन् सम्बन्धि रोगहरु लागिहाले पनि समाजमा धेरै किशोरी तथा महिलाहरुले आफु भित्र लुकाएर राख्ने हुदा भबिष्यमा किशोरीको स्वास्थ्य माथि नराम्रो असर पर्ने बताइन् । कार्यक्रममा सहभागी माया बिष्टले किशोरी तथा महिलाहरुलाई महिनावारीको समयमा अपनाउनुपर्ने साबधानीका बिषयमा जानकारी दिएकी थिइन् ।
यसका साथै उनले महिनावारीका समयमा प्रयोग गरिने सेनेटरी प्याडको प्रयोग र ब्यबस्थापनका बारेमा पनि जानकारी दिएकी थिइन् ।
कार्यक्रममा सहभागी किशोरीहरुलाई डोटेरा हेलिङ हेन्डस्को सहयोगमा सेनेटरी प्याड पनि बितरण गरिएको थियो । कार्यक्रममा डोटेरा हेलिङ हेन्डस्का नेपाल प्रतिनिधि राजेश अधिकारीको पनि उपस्थिती रहेको थियो ।