अत्तरिया - सुदुरपश्चिम युवा समाज भारतका संयोजक जनक राज अबस्थीले आफ्नो जन्मदिन अनाथालयमा मनाएका छन् । सामाजिक कार्यमा सदैव अग्रसर रहदै आएका अबस्थीले आज परेको आफ्नो जन्मदिन कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नं ४ महेन्द्रनगरमा रहेको समाज कल्याण अञ्चल बाल अनाथालयमा गएर मनाएका हुन् ।
जन्मदिनको अबसर पारेर अनाथालयमा रहेको स साना अनाथ एबम् असहाय बालबालिकाहरुलाई खाना (खिर) , दही , फलफुल र जुस खुवाउदै जन्मदिन मनाएको उनले बताए ।
उनले जन्मदिनको अबसरमा अनआवश्यक रुपमा खर्च गर्नुभन्दा सो बाल अनाथालयमा रहेका १४ जना बालबालिकाहरुलाई एक दिन भएपनि खुसीका साथ रमाउदै खाना तथा फलफुल खुवाउने उध्ेश्यका साथ अनाथालयमा पुगेर जन्मदिन मनाएको बताए ।
आफ्नो जन्मदिनमा अनाथालयमा आएर यहाँ रहेका अनाथ , असहाय र टुहुरा बालबालिकाहरुलाई खाना खुवाएकोमा समाज कल्याण अञ्चल बाल अनाथालय परिवारले धन्यवाद दिएको छ ।बैतडी जिल्लाको बिकट ठाउ पुर्चौडी नगरपालिका १० मा जन्मिएका अबस्थी त्यहाँवाट बसाई सरेर हाल कञ्चनपुरको महाकाली नगरपलिका वडा नम्बर १ दोधरा चादनीमा बस्दै आएका छन् ।
भारतको ब्याङ्ग्लोरमा काम गर्दै आएका अबस्थी ब्यक्तिको परिवर्तन भए समाज परिवर्तन हुन्छ भन्ने उध्ेश्यका साथ सभ्य समाज निर्माण , प्रवासमा पनि आफ्नो गाउँ ठाउँको मौलिक कला सस्कृतीको जगेर्नाका लागी रोजगारीका लागि बिश्वभरीका छरिएर रहेका सुदुरपश्चिमेलि युवाहरु एकताबद्ध गराई भारतमा सुदूरपश्चिम युवा समाज गठन गरेका छन् ।
जसको उनी संयोजक हुन् । युवा समाज बिभिन्न देशहरुमा विस्तार गर्दै नयाँ समितिहरु गठन गरिदै आएको छ ।