अत्तरिया -गएराती कैलालीको गोदावरी -६ मा झडप भएको छ । एमाले र कांग्रेसका कार्यकर्ता बिच गएराती ११ बजे तिर झडप भएको हो । झडप मा परी एमाले का वडा अध्यक्ष का उम्मेदवार जग्गुराम चौधरी का भाई बिन्तीराम चौधरी घाइते भएका छन् ।
उनको पाखुरा मा धारिलो हतियार प्रहार गरिएको छ । हतियार प्रहारबाट बिन्तीको पाखुरा मा गहिरो चोट लागेको छ । बिन्ती कि श्रमती माथी पनि आक्रमण गरिएको छ । उनिहरु को पद्मा अस्पताल मा उपचार भैरहेको छ। यस्तै अन्य ५ जना पनि सामान्य घाइते भएका छन् ।
घटना कसरी भयो ?
एमाले वडा नम्बर १ का अध्यक्ष का उम्मेदवार शर्मानन्द भट्ट सहित को टोली राती घुम्ने भन्दै वडा नम्बर ६ पुग्यो । त्यहाँ कांग्रेस का उम्मेदवार जयराज फुलारा सहित सबै संग भेटघाट र रमाइलो चुनाबी ठट्टा पनि भयो । त्यसपछि उक्त टोली सौहार्दपूर्ण बातबरणमा नै छुट्टियो ।
भट्ट सहितको टोली एमाले वडा अध्यक्ष का उम्मेदवार जग्गु को घर जाने बेला कांग्रेस कै अर्को समूह एक्कासि आएर अट्याक गरेको एमालेका उम्मेदवार जग्गु ले बताए । कांग्रेसका युबाहरु ले राती राती किन गाउँमा आएको भन्दै आक्रमण गरेको बुझिएको छ ।
त्यसपछि केही बेर तनाब भएको थियो । घटना स्थल मा प्रहरी निकै ढिलो पुगेको स्थानीय ले बताएका छन् ।आक्रमण मा संगल्ग्न हरुलाई पक्राउ गर्नुपर्ने एमाले ले माग गरेको छ ।