लम्की-'स्वच्छ ताजा माछा र जल मार्गको सम्भावना, सेती कर्णाली र भेरीको त्रीवेणी चिनाउने हाम्रो चाहाना' भन्ने मुल नाराका साथ कैलालीको सोल्टामा त्रीवेणी महत्सव २०७५ सञ्चालन हुने भएको छ ।चुरे वाताबरण तथा जैबिक बिविधता संरक्षण मञ्चको आयोजनामा महोन्याल गाउँपालिका ६ तल्लो सोल्टामा गरिने महोत्सवको तयारी तिब्र रुपमा भईरहेको लम्कीमा आयोजीत पत्रकार सम्मेलन मार्फत संरक्षण मञ्चका संयोजक बिरेन्द्र बहादुर रावलले जानकारी दिए ।
स्टल बुकिङ देखि मञ्च ब्यवस्थापन तथा प्रचारप्रसारको काम अन्तिम चरणमा पुगेको उनको भनाई छ। संयोजक रावलले चुरे विविधताको संरक्षण तथा त्रीवेणी धामको पहिचान गर्ने मुख्य उद्देश्य रहेको बताउदै सो अवसरमा सोल्टा देखि कर्णाली चिसापानी सम्म २३ किलोमीटर जलयात्रा समेत हुने बताए।
महोत्सव अवधिभर कर्णाली नदिमा ¥याप्टीङको बिषेश सञ्चालन,राजी,मगर जातिका खानपिन तथा भेषभुषाको प्रर्दशनी,बिभिन्न जात जातजातीका सस्कृति झल्कीने झाँकी प्रर्दशन,देउडा खेल तथा कर्णालीका स्वच्छ माछामाका परिकार लगाएत महोत्सवका मुख्य आकर्षणहरु रहेका छन् । यहि चैत्र ६ गते देखि ८ गते सम्म सञ्चालन हुने त्रीवेणी महत्सव २०७५ सञ्चालनका निमित्त ५ देखि ७ लाख सम्म लगानी लाग्ने र महोत्सवको मुख्य प्रयोजकको रुपमा महोन्याल गाउँपालिकालाई रहेको छ ।
३ दिन सम्म सञ्चालन हुने महोत्सवलाई ३० देखि ४० हजार दर्शकले अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ । बालबाललिका,अपाङ्ग तथा जेष्ठ नागरिकका लागी निःशुल्क प्रवेशको ब्यवस्था रहेको छ भने बिद्यार्थीलाई २५ रुपैया, साधारणलाई ४० र सिजलन टिकटका लागी १ सय रुपैया निर्धाण गरिएको संयोजक रावलले जानकारी दिए । तेस्रो पटक सञ्चालन हुन लागेको त्रीवेणी महोत्सवको आयोजना चुरे वातावरण तथा जैविक विविधता संरक्षण मञ्च कैलालीले गर्दै आएको छ ।