अत्तरिया उद्योग वाणिज्य संघको निर्वाचनमा कमल कडायत अध्यक्षमा विजयी अत्तरिया उद्योग वाणिज्य संघ, अत्तरिया-कैलालीको पाँचौं साधारण सभा तथा चौथो कार्यसमिति निर्वाचन सम्पन्न भएको छ।
निर्वाचनमा जम्मा ९ सय ६४ मतदाताले मतदान गरेका थिए। अध्यक्ष पदको लागि भएको त्रिकोणात्मक प्रतिस्पर्धामा कमल कडायतले ४ सय ६ मत ल्याई विजयी भएका छन् भने निकटतम प्रतिस्पर्धी रमेश भट्टराईले ३ सय ७७ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा रहेका नैन सिंह कार्कीले ९० मत मात्र पाए। उपाध्यक्ष (उद्योग) तर्फ धनादेवी चोखाल ले २ सय ७६ मत ल्याएर बिजयी बनिन् । यस्तै लोकराज ओझा (२४१ ) र भीष्मा खड्का (२५१) ले मत ल्याएका छन् भने सूर्यप्रसाद गौतमले ९८ मत मात्र पाए।
उपाध्यक्ष (वाणिज्य) तर्फ गणेश बोगटीले सबैभन्दा बढी ३८२ मत ल्याएका छन् भने वीरेन्द्र बहादुर विष्टले २५३ मत, लक्ष्मण बहादुर धामीले १३३ मत र पूर्णप्रसाद चौलागाईंले ९१ मत प्राप्त गरे। उपाध्यक्ष (वस्तुगत) तर्फ ) वासुदेव पन्त ३ सय ३ मत पाएर निर्बाचित हुँदा समिर गिरीले २ सय ९३ मत पाएर पराजित भए । सोही पदमा खेमराज सापकोटाले १ सय ३९ मत र लाहानु चौधरीले १ सय १० मत ल्याए।
महासचिव पदमा कडायत समुह कै गम्भीर साउँदले ३ सय ६२ मत ल्याई विजयी भएका छन् भने गोकुल भट्टले ३ सय १८ मत, प्रकाश बहादुर कुँवरले ८० मत र अनिस सिंहले ९२ मत प्राप्त गरेका थिए।
यस्तै कोषाध्यक्षमा भने भट्टराई समुहका दीपेन्द्र राज अबस्थि बिजयी भएका छन् । उनले ३ सय ६३ मत पाएर बिजयी भएका छन् । कोषाध्यक्ष मै बालकृष्ण ओझाले ३ सय ३३ मत पाए । यस्तै कोषाध्यक्षमा दीपक प्रकाद न्यौपानेले ९२ मत ल्याए भने रामदत्त भट्टले ७९ मत मात्रै पाए।
सचिव पदमा भने सुरुवातीदेखि अग्रता लिएका राजन सिजापति अन्तिम समयमा पराजित बनेका छन्। सचिवमा दिपेन्द्र बोहराले २६९ मत ल्याउँदा राजन सिजापति २६४ मत सहित पराजित भएका छन्। यस्तै सचिवमा मनोज राज दमाईले ६४ र दिपक राज भट्टले २३८ मत पाएका छन्।
यस्तै कार्यसमिति सदस्यमा शेखर पनेरुले सर्वाधिक ३९४ मत पाएर निर्वाचित भएका छन् भने घनश्याम जोशीले ३६८ डिलीराज ओझाले ३४४ र र लक्ष्मीराज ओझाले ३१९ मत पाएर निर्वाचित भएका छन्।