अत्तरिया उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनका लागि आज निर्बाचन हुँदै छ । निर्बाचन समितिले उम्मेदवारको अन्तिम नामावली शनिबार राति प्रकाशन गरेको छ ।
जसमा अध्यक्ष पदमा तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ। अध्यक्षका उम्मेदवारमा कमल कडायत,रमेश भट्टराई र नैनसिंह कार्की रहेका छन्।
उद्योग उपाध्यक्ष पदमा धनादेवी चौखाल, लोकराज ओझा, सूर्यप्रसाद गौतम र भिष्मा खड्का उम्मेदवार छन्।
वाणिज्य उपाध्यक्ष पदमा गणेश बोगटी, वीरेन्द्रबहादुर बिष्ट, पूर्णप्रसाद चौलागाईं र लक्ष्मणबहादुर धामी प्रतिस्पर्धामा छन्।
वस्तुगत उपाध्यक्ष पदका लागि वासुदेव पन्त, समीर गिरी, लालानु चौधरी र खेमराज सापकोटा उम्मेदवार बनेका छन्।
त्यस्तै महासचिव पदमा गम्भीर साउँद, गोकुल भट्ट, प्रकाशबहादुर कुँवर र अनीश सिंह चुनावी मैदानमा उत्रिएका छन्।
निर्वाचन समितिका अनुसार अन्तिम नामावली प्रकाशनसँगै निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ। संघको नयाँ नेतृत्व चयनका लागि आइतबार ८ बजे देखी मतदान हुनेछ। निर्वाचनमा अध्यक्षसहित विभिन्न पदका उम्मेदवारहरूले मतदातासँग अन्तिम चरणको चुनावी भेटघाट र प्रचारप्रसारलाई तीव्र बनाएका छन्।
अत्तरिया उद्योग वाणिज्य संघको आगामी नेतृत्व कसले सम्हाल्ने भन्ने विषयले स्थानीय व्यवसायीमाझ चासोको विषय बनेको छ। निर्वाचनको नतिजाले संघको आगामी कार्यदिशा र नेतृत्व तय गर्नेछ।