राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलालीको प्रथम जिल्ला अधिवेशनबाट कविन्द्र ठकुल्ला सभापतिमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न निर्वाचनमा ठकुल्लाले ३३५ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।
सभापति पदका उनका प्रतिस्पर्धी महेश कुमार चौधरीले ३७ मत र हरी रेग्मीले २२ मत प्राप्त गरेका छन्।
उपसभापतिमा रामलखन चौधरी निर्वाचित भएका छन्। पाँच प्रतिस्पर्धीलाई पछि पार्दै उनले १५२ मत प्राप्त गरेका हुन्।
सदस्य पदमा लक्ष्मी रावल पौडेल, लक्ष्मी भट्ट, जंगबहादुर आलेमगर, दीपक बिक र नरदिप बहादुर धामी निर्वाचित भएका छन्।
यस्तै, क्षेत्रीय सदस्यतर्फ कैलाली–१ मा टंकप्रसाद जैशी ढुंगाना, कैलाली–२ मा कृष्णबहादुर बिष्ट, कैलाली–३ मा बासुदेव घरेडी र कैलाली–४ मा दुर्गा अधिकारी निर्वाचित भएका छन्।
निर्वाचनअघि सभापति पदका उम्मेदवार हरी रेग्मी र महेश चौधरीले निर्वाचन समिति अवैधानिक रहेको तथा मतदाता नामावलीमा धाँधली भएको आरोप लगाउँदै चुनाव बहिष्कार गरेका थिए।
उनीहरूको बहिष्कारका बाबजुद पार्टीले मतदान प्रक्रिया अघि बढाएको थियो।
कुल ५०८ मतदाता रहेको अधिवेशनमा ३३५ मत खसेको थियो।