नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशस्तरीय भेला धनगढीमा सुरु भएको छ।
कांग्रेस प्रदेश समितिले आयोजना गरिएको भेलामा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षीय नेता तथा कार्यकर्ता मात्र सहभागी छन्।
पार्टीको विशेष महाधिवेशनबाट निर्वाचित यो प्रदेशमा रहेका केन्द्रीय सदस्यहरू भेलामा सहभागी छैनन्। भेलाको उद्घाटन प्रमुख अतिथि रहेका देउवा पक्षीय नेपाली कांग्रेसका नेता एन पि साउद र प्रदेश सभापति विरबहादुर बलायरले संयुक्त रूपमा बिरुवामा पानी हालेर गरेका थिए।
प्रदेश सभापति बलायरको अध्यक्षतामा भएको भेलामा प्रमुख अतिथि निवर्तमान केन्द्रीय सदस्य तथा पूर्वमन्त्री साउद छन् भने पूर्वमन्त्री रमेश लेखक, मोहनबहादुर बस्नेत, सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, कोशीका पूर्वमुख्यमन्त्री केदार कार्की, कुन्दन काफ्ले, ईश्वरी न्यौपाने, रामजनम चौधरी, अर्जुन जंगबहादुर सिंह, गोविन्दबहादुर शाह, रणबहादुर रावल, नैनसिंह महर, निर्प ओड र विद्या तिमिल्सिनालगायत लगायत अतिथि रहेका छन्।
भेलामा ९ वटै जिल्लाबाट जनप्रतिनिधि, नेता तथा कार्यकर्ता सहभागी छन्। भेलामा जिल्ला सभापति, क्षेत्रीय सभापति, प्रदेश सांसद, नगर प्रमुख, उपप्रमुख पनि सहभागी छन्।