नेपाल क्रिकेट संघ (क्यान) ले एसियन गेम्स २०२६ को छनोट प्रतियोगिताका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ।
दीपेन्द्रको कप्तानीमा रहेको नेपाली टोलीमा कुशल मल्लसहित शाहब आलाम फर्किएका छन्।
छनोटमा नेपालले समूह ‘ए’ मा प्रतिस्पर्धा गर्नेछ। समूहमा नेपालसहित मलेसिया, कतार र चाइना छन्।
समूह बीमा ओमान, हङकङ, बहराइन र सिंगापुर छन्।
नेपाली टोली
दीपेन्द्रसिंह ऐरी (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सोमपाल कामी, रोहित पौडेल, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ शेख, करण केसी र शाहब आलम।