नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी विधान २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम १९ जना महाधिवेशन प्रतिनिधिलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनीत गरेका छन्।
वैशाख २९ गते जारी प्रेस विज्ञप्तिअनुसार मनोनीत हुनेमा महेन्द्र यादव (बनपा), जीवन परियार (कास्की), उमेश श्रेष्ठ (चितवन), रमेश रिजाल (पर्सा), सुजाता कोइराला (मोरङ), दिलेन्द्रप्रसाद बडु (दार्चुला), डा. चन्द्र भण्डारी (गुल्मी), अजयकुमार चौरसिया (पर्सा), लक्ष्मी परियार (उदयपुर), आङ्दोल शेर्पा (सोलुखुम्बु), दिनेशकुमार यादव (सप्तरी), राजीव कोइराला (सुनसरी), राजीव ढुंगाना (सुनसरी), प्रा. डा. गोविन्दराज पोखरेल (प्युठान), सुशीला मिश्र भट्ट (कैलाली), नागिना यादव (महोत्तरी), दिनेश कोइराला (चितवन), डा. जीवन राना (कैलाली) र सीता थपलिया (धादिङ) रहेका छन्।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा उक्त जानकारी दिइएको हो।