कैलालीको गोदावरी नगरपालिका–अत्तरिया स्थित साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले आगामी कार्यसमिति निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेको छ।
संस्थाको निर्वाचन समितिले शनिबार प्रकाशित सूचनाअनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र सचिव पदका लागि विभिन्न उम्मेदवारहरू अन्तिम सूचीमा परेका छन्।
अध्यक्ष पदका लागि राजेन्द्र बहादुर खड्का, हर्क बहादुर शाह र गणेश शाहबीच प्रतिस्पर्धा हुने भएको छ।यस अघि अध्यक्षमा उम्मेदवारी दिएका नन्दराज भट्ट भने उम्मेदवारी फिर्ता लिएका छन् ।
त्यस्तै उपाध्यक्ष पदमा लक्ष्मण बहादुर कडायत, प्रेम सिंह कडायत, चन्द्र सिंह धामी र पुष्पराज चटौत उम्मेदवार रहेका छन्। महासचिवमा धर्म सिंह कुँवर, धनराज विष्ट जोशी, गौरख बहादुर कडायत र तिर्थराज ओझा प्रतिस्पर्धामा छन्।
कोषाध्यक्ष पदका लागि भोज बहादुर साउँद, नर बहादुर बलायर, सुरेन्द्र बहादुर साउँद र बाबुराम बलम्पाकी उम्मेदवार छन् भने सचिव पदमा छबिन्द्र नाथ योगी, मदन राज शर्मा जोशी र टेक बहादुर मल्ल उम्मेदवार बनेका छन्।
निर्वाचन समितिका अनुसार सदस्यमा २० जना को उम्मेदवारी परेको छ ।