कैलाली — कैलालीको अत्तरिया साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले नयाँ नेतृत्व चयनका लागि उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ।
आगामी निर्वाचन कार्यक्रमअनुसार तोकिएको समयभित्र विभिन्न पदमा उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ। समितिका अनुसार अध्यक्ष पदमा राजेन्द्र बहादुर खड्का, हर्क बहादुर शाह, नन्दराम भट्ट, राज बहादुर खड्का र गणेश शाहले मनोनयन दर्ता गरेका छन् ।
उपाध्यक्ष पदमा लक्ष्मण बहादुर कठायत, प्रेम सिं कडायत, चन्द्र सिंह धामी र पुष्पराज चटौत बिच प्रतिस्पर्धा हुने भएको छ।
त्यसैगरी महासचिव पदमा धर्म सिंह कुँवर, धनराज बिष्ट जोशी, गौरख बहादुर कडायत र तीर्थराज ओझा उम्मेदवार रहेका छन् भने कोषाध्यक्ष पदमा भोज बहादुर साउँद, नर बहादुर बलायर, सुरेन्द्र बहादुर साउँद र बाबुराम बलम्पाकी उम्मेदवार छन्।
सचिव पदमा छबिन्द्र नाथ योगी, मदन राज शर्मा जोशी र टेक बहादुर मल्लबीच प्रतिस्पर्धा हुने भएको छ। यस्तै सदस्य ११ पदको लागी २२ जनाको उम्मेदवारी परेको छ ।