नेकपा एमालेले प्रतिनिधिसभा समानुपातिकतर्फका सांसदहरूको नाम टुङ्ग्याएको छ। आज बसेको पार्टी सचिवालय बैठकले समानुपातिक सांसदको सूची अनुमोदन गरेको एमालेका उपमहासचिव लेखराज भट्टले जानकारी दिए।
उनका अनुसार एमालेले क्लस्टर अनुसार समानुपातिक सांसद चयन गरेको हो। एमालेले समानुपातिकतर्फ १६ सिट जितेको छ।
जनजाति (४ जना)
महिला: भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ
पुरुष: रामबहादुर थापा मगर, कुलभक्त शाक्य
खस आर्य (५ जना)
महिला: पद्मा अर्याल, टुकाभद्रा हमाल, एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)
पुरुष: गुरु प्रसाद बराल, पुष्पराज कंडेल
थारु (१ जना)
कृपाराम राणा
दलित (२ जना)
विष्णुमाया वी.के., नीता घटानी
मधेसी (३ जना)
महिला: रिङ्ला यादव, यशोधा कुमारी यादव
पुरुष: चन्द्रेश्वर मण्डल
मुस्लिम (१ जना)
साजिदा सिद्दीकी