कैलालीको अत्तरिया स्थित सत्यबती एकेडेमीले आफ्नो १४ औँ वार्षिकोत्सव र अभिभावक दिवस भव्य रूपमा मनाएको छ।
विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक र समाजका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रम शिक्षिका रम्भा महराको सभापतित्वमा सम्पन्न भएको थियो भने प्रमुख अतिथि डा. टीएन जोशी, उपकुलपति, सुदूरपश्चिम प्राज्ञ प्रतिष्ठान रहनु भएको थियो। सह- प्राचार्य चुडामणी गजुरेलले स्वागत मन्तब्य व्यक्त गरे।
कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति, गीत, नृत्य, नाटक र विभिन्न सिर्जनात्मक क्रियाकलाप प्रस्तुत गरेका थिए।

यस अवसरमा क्रियाकलाप र खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।
सत्यबती एकेडेमीका संस्थापक वीर बहादुर कडायतले विद्यालय पवित्र उद्देश्यका लागि स्थापना गरिएको र १४ वर्षमा समाजलाई आवश्यक नेतृत्व र दक्ष जनशक्ति उत्पादन गरेको बताए।

यस वर्ष उच्च शिक्षा हासिल गरिरहेका पूर्व विद्यार्थीहरूलाई नगद पुरस्कारसहित सम्मान पनि प्रदान गरिएको थियो।

सम्मानित विद्यार्थीहरू:
आयुष जोशी, अनमोल भट्ट, बिभुती कडायत, नरेन्द्र धामी, पुर्णिमा भट्टराई, दीक्षा भट्ट, रोशनी जोशी, पुजा कुमारी ऐर
सामाजिक सम्मान प्राप्त व्यक्तिहरू:
डम्बर महरा “समीर” (पूर्व शिक्षक), हितेश साउँद (पूर्व शिक्षक), बिन्दु पन्त (पूर्व शिक्षक), टेकेन्द्र बहादुर सिंह (पूर्व शिक्षक), शेर बहादुर धामी, पदम राज उपाध्याय (गुरुकल), मान बहादुर ऐर (प्राचार्य), अत्तरिया अस्पताल प्रा. लि।
विद्यालयमा हाल झन्डै २१०० विद्यार्थी अध्यनरत छन् र कक्षा १२ सम्म शिक्षा सञ्चालन भइरहेको छ।
वार्षिकोत्सव तथा अभिभावक दिवसले विद्यार्थी र अभिभावकबीचको सहकार्य बलियो बनाउने र शिक्षा, संस्कार तथा नेतृत्व विकासमा योगदान दिने विश्वास व्यक्त गरिएको छ।