चुरे गाउँपालिकाका अध्यक्ष चक्र बोगटीले एमाले जिल्ला कमिटी सदस्यबाट रजिनामा दिएका छन ।
उनले एक प्रेस नोट जारी गर्दै पार्टी भित्र आफु गुटबन्दीको शिकार भएको भन्दै राजिनामा दिएको बताएका छन ।
उनि गत एमाले कैलालीको अधिबेशनमा जिल्ला कमिटीको निर्बाचनमा निर्बाचित भएका थिए । जिल्ला कमिटीको सचिबालयमा उनी नपरेपछि असन्तुष्ट रहँदै आएका थिए ।
उनको राजिनामा पत्र यस्तो रहेको छ :
क. अध्य्क्ष
जिल्ला कमिटी कैलाली
विषय :- राजीनामा दिएको बारे ।
उपरोक्त सम्बन्धमा म २०४९ र २०५४ खैराला गा.विस. अध्यक्ष २०७९ चुरे गा.पा. अध्यक्षमा नेकपा एमालेबाट विजय भएको, ४ कार्यकाल जिल्ला कमिटी सदस्य भएको र हाल आएर पार्टीको नेतृत्वबाट गुटगत राजनीतिलाई प्रशय दिएको । वडा वडासम्म पनि गुडगत राजनीति गर्न पार्टी नेतृत्व सक्रिय भएको । पार्टी बनाउनु भन्दा गुड बनाउन तिर तल्लिन भएको।
मेरो कार्यकालका १५० जना हालको जिल्ला कमिटी सदस्यमा एक जना पनि छैन । सचिवालय गठन गर्दा गुडगत राजनीतिबाट प्रेरित भएर तोक्ने काम भयो। बिना मापदण्ड योग्यता र क्षमता मूल्याइन नगरि जनताको काम गर्ने, पार्टीको काम गर्नेलाई पाखा लगाएर गुडगतलाई प्रशय दिने काम भयो।
यो पार्टी निर्माण गर्दा २०४० सालदेखि निरन्तर लागियो । खैराला गाविसबाट ७० किलोमिटर धनगढीसम्म पैदल हिँडेर पार्टीको आन्दोलनमा सरिक भइयो । २०५६ साल पार्टी फुट्दा जनताको घरदैलोमा गएर मुठि दान, धान गहुँ उठाएर, लाखौं रुपैया जम्मा गरेर जिल्ला पार्टी कार्यालय भवन बनाउन काममा लागियो । २०७८ सालमा पार्टी फुट्दा २ वर्ष चुरे गाउँ कमिटीको अध्यक्ष भएर चुरेमा काम गर्दा १३ वटा स्थानीय तह मध्ये चरेलाई १ नम्बरमा पुर्याइयो ।
२०७९ सालको स्थानीय चुनाव हुँदा पार्टीलाई अन्तरघात हुँदा पनि दई तिहाई बहुमतका साथ विजयी गराइयो। संसदीय निर्वाचनमा कैलाली जिल्लाको १३ वटा स्थानीय तह मध्ये चरेबाट मात्रै पार्टीलाई १ नम्बरमा ल्याइयो। पार्टीको काम गर्ने कार्यकर्ताको मूल्याङ्कन नगर्ने, पार्टीको काम नगर्ने, गुड चलाएर वस्ने यसरी कसरी नेकपा एमाले अगाडि वढ्ला ? आज आफ्नो पार्टी नेतृत्व विरानो भए जस्तो लाग्छ । आफुले बनाएको पार्टी कार्यालय विरानो जस्तो भयो ।
विगतको ईतिहास देख्दा दुःख लाग्छ । आंखाबाट आशु आउछ । यस्तो स्थितिमा यो पार्टीको नेतृत्वबाट कैलाली जिल्ला नेकपा एमाले पार्टी बन्ने नदेखेर मैले पार्टी नेताको ध्यानाकर्षण गराउन चाहान्छ । मैले लगाएका आरोप गलत भए म पार्टीले गरेको जुनसुकै कार्वाही बेहोर्न तयार छु । यस्तो स्थितिमा कैलालीको नेकपा एमाले पार्टी नबन्ने भएकोले आजको मिति देखि जिल्ला पार्टी कमिटी सदस्यबाट राजीनामा दिएको छु। पार्टी संगठित सदस्य भएर मात्रै वस्ने चाहेको व्यहोरा अनुरोध गर्दछु
निवेदक चक्र वहादुर बोगटी जिल्ला कमिटि सदस्य, कैलाली
चुरे गाउँपालिका अध्यक्ष
बोद्यार्थ
सुदूरपश्चिम प्रदेश पार्टी कार्यालय, धनगढी, कैलाली
नेकपा एमाले केन्द्रीय पार्टी कार्यालय, च्यासल, नेपाल