कैलालीको गोदावरी नगरपालिकाले सेनाले भोकाधिकार लिएको जग्गा प्रती असन्तुष्टि जनाउँदै स्थानीय राजनीतिक दल र नागरिक संग अन्तरक्रिया गरेको छ । अत्तरिया बसपार्कमा शनिबार ६१ घर परिवारका सदस्यको उपस्थितिमा सबै राजनीतिक दलका नेतहरु तथा पत्रकार को सहभागीतामा बिचार गोष्टि आयोजना गरिएको हो ।
नेपाल सेनाले अत्तरिया बसपार्क त्यहाँ रहेका ६१ घरधुरी सहित को क्षेत्र आफ्नो भोकाधिकारमा राखेको भन्दै कार्यक्रममा सहभागीहरुले आक्रोश व्यक्त गरे । गोदावरी नगरपालिकाला नगरप्रमुख बिरेन्द्र भट्टले अत्तरियाको बिकास मा सेना बाधक बन्न नहुने जिकिर गरे । उनले सेनाको व्यबहार पनि दोहोरो देखिन थालेको बताए ।
उनले भने- 'हामी संग भेटका क्रममा सेनाका अफिसरहरुले एउटा कुरा गर्ने तर निर्णय आफ्नै तरिकाले गर्न थालेका छन् । ६१ घर परिवार लाई हामी लालपुर्जा दिने तयारी मा छौं तर नेपाली सेनाले भुमि आयोगलाई पत्र पठाएर त्यो जग्गा आफ्नो भएकाले नापी को काम अगाडि नबढाउन पत्र समेत पठाइसकेको रहेछ । त्य्सैले हामी झस्किएका छौँ ।'नगरप्रमुख भट्टले सेना यो निर्णयबाट पछि नहटे पहिलो गोली खान आफू तयार रहेको समेत चेतावनी दिए ।
कार्यक्रममा बोल्दै प्रदेशका पुर्ब सामाजिक बिकास मन्त्री कृष्णराज सुबेदीले २०६१ सालमा तत्कालीन शाही सरकारको पालामा भएको निर्णयहरु संबिधान सभा को पहिलो बैठकले नै खारेज गरिसकेकोले अहिले आएर सेनाले यो जग्गा हाम्रो हो भन्नू गैरकानुनी हुने बताए । उनले सेना प्रहरी कै कारण यस क्षेत्रका जनप्रतिनिधिले सोचे जस्तो बिकास निर्माण को कार्य गर्न नसकेको दुखेसो पोखे ।
यस्तै एमाले प्रदेश कमिटी सदस्य गोकर्ण भट्ट ले बसपार्क र यहाँका ६१ घर परिवार हटाएर सेनाले आफ्नो संरचना बनाउने कार्यका विरुद्ध सबै एक हुनुपर्ने बताए । बसपार्क निर्माण को मुख्य अगुवाई गरेका भट्ट ले बिकास निर्माणका कार्यमा अहिलेका जनप्रतिनिधि संग हातेमालो गरेर अघि बढने उदघोष समेत गरे ।
कार्यक्रममा आफ्नो धारणा राख्दै माओवादी केन्द्रका नेता मेघराज भट्ट ले पनि सेना प्रहरीले यहाँ को बजारीकरणमा अबरोध गर्न नहुने बताए । उनले भने- 'सेना प्रहरी मात्रै बजारमा बस्ने हो बजार किन चाहियो ? कि त बजार को विकल्प दिनु पर्यो होइन भने १० बर्ष अघि को निर्णय अहिले आएर कार्यान्वयन गर्छौ भन्न पाइदैन । नगरपालिका को नेतृत्व को कदमलाई सबैले साथ दिए मात्रै यो मुद्दामा दबाब पुग्ने छ ।'
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका क्षेत्रीय सभापति वसन्त रोकायाले पनि सेनाको कदम विरुद्ध जनता सडकमा आउनुपर्ने स्थिति बन्न नदिन सरकार सचेत बन्नु पर्ने बताए । उनले बसपार्क निर्माणमा धेरै लगानी भैसकेकाले यसमा सेना अबरोध बन्न नहुने बताए ।
कार्यक्रम बोल्ने अधिकांश बक्ताहरुले सेनाका कदम विरुद्ध जनतालाई सडकमा उतार्ने चेतावनी दिएका थिए । कार्यक्रममा ६१ परिवारको तर्फबाट पनि घरधनीहरु ले आ आफ्नो धारणा राखेका थिए । उनिहरुले सेनाको नेतृत्व अनुसार फरक फरक निर्णय आउने गरेको गुनासो गरेका छन् ।
कार्यक्रममा अत्तरिया खानेपानीका अध्यक्ष टिकादत्त जोशी , काँग्रेसका नगर सभापति वीर बहादुर चोखाल , युबा नेता हरि भट्टराई , वडा नम्बर १ का अध्यक्ष गोपाल दत्त भट्ट , वडा नम्बर ३ का अध्यक्ष तेजराज अबस्थि , स्थानीय रुपेश बिक लगाएतले आफ्नो धारणा राखेका थिए ।
नेपाली सेनाले शाहीकालको निर्णय अनुसार अत्तरिया बसपार्क , लामिताल र ६१ घरधुरी सहित को जग्गा आफ्नो भोकाधिकारमा परेको भन्दै आएको छ । उसले बेला बेलामा आफ्ना प्रतिनिधिहरु पठाएर बसपार्क हटाउन सांकेतिक दबाब दिन थालेको स्थानीय को आरोप छ । सेनाले कति जग्गा लिएको हो भन्ने अहिलेसम्म खुलेको छैन ।