नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका नेताहरू ले अर्थमन्त्री बर्षमान पुन संग भेटघाट गरेका छन् ।
प्रदेश इञ्चार्ज गिरिराजमणि पोख्रेलको नेतृत्वको टिमले भेटघाट गरेर यहाँका ठुला परियोजना बजेट मा समाबेश गर्न माग गरेको छ ।
माओवादी केन्द्र का प्रदेश सांसद ओम बिक्रम भाटका अनुसार बिकास निर्माणका ठुला परियोजना को बारेमा छ्लफल गरिएको हो ।
मागहरु यस्ता रहेका छन् :
१) दोधारा चाँदनीको सुख्खा बन्दरगाह निर्माण नहुँदासम्म महाकालीमा पक्की पुल निर्माण सम्पन्न भैसकेको हुँदा गड्डाचौकी भन्सारलाई पुल भएको स्थानमा स्थानान्तरण गरि संचालन गर्नुपर्ने ।
२) बेलौरी भन्सारलाई छोटी भन्सारको रुपमा संस्थागत गर्नुपर्ने ।
३) दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ३०० सैयाको अस्पताल संचालन गर्न बजेट बिनियोजन गर्नुपर्ने ।
४) गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा अपग्रेड गर्नुपर्ने । साथै पहाडी जिल्लाका विमानस्थलहरु कालोपत्रे बनाउनु पर्ने ।
५) खुटिया दिपायल चैनपुर हुँदै ताक्लाकोट फास्ट ट्र्याक सडकमा येथेस्ट बजेट बिनियोजन गर्नुपर्ने ।
६) पर्यटन प्रवर्द्धन गर्न विदेशी पर्यटकहरुलाई हाल चर्को हवाई टिकट भएकोले सहुलियत दरमा उपलब्ध हुने व्यवस्था गर्नुपर्ने ।
७) समयमै किसानको धान, गहुँ लगायतका अन्नहरु उचित मुल्यमा खरिदगर्ने स्थायी व्यवस्था गर्नुपर्ने ।
८) कञ्चनपुरको गड्डाचौकीमा रहेको अध्यागमनमा हाल एकतर्फी रुपमा मात्रै पर्यटक भित्रीने व्यवस्था रहेकोमा दोहोरो आवातजावत गर्न मिल्ने व्यवस्था गर्नुपर्ने ।
९) दैजी छेला औद्योगिक क्षेत्रको कार्य अगाडि बढाउनुपर्ने ।
१०) महाकाली सिचाइ तेस्रो चरण र रानिजमरा परियोजना समयमै सम्पन्न गर्न बजेट व्यवस्था गर्नुपर्ने ।
११) गड्डाचौकी चिसापानी सडकलाई चार लेन बनाउनु पर्ने ।
१२) मोहना, मछेली नदि नियन्त्रण गर्न यथेष्ट बजेट विनियोजन गर्नुपर्ने ।