अत्तरिया -गोदावरी नगरपलिकामा उपमेयरको दौडमा मुख्य २ प्रतिस्पर्धी देखिएका छन । गठबन्धनबाट रत्ना कडायत र नेकपा एमालेबाट शारदा देबी रोकाया । दुबै जना अहिले चुनाव प्रचार प्रसारमा ब्यस्त रहेका छन । रत्ना कडायत २०७४ को स्थानिय निर्बाचनमा नेकपा एमालेको तर्फबाट लोकप्रिय मत ल्याएर निर्बाचित भएकी हुन । एमाले बिभाजन पछि उनी एकिकृत समाजबादीमा लागिन् ।
गोदावरीमा गठबन्धनको तर्फबाट उपमेयर एकिकृत समाजबादीको भागमा पर्यो । एकिकृत समाजबादीले रत्नालाई नै उम्मेदवार बनाएको छ । उनी गठबन्धनका दलहरु सँग मिलेर प्रचारमा जुटेकी छन् । उनी सँग ५ बर्ष उपमेयर को कार्यभार सम्हालेको अनुभब रहेको छ ।
उनको जितको भर भनेको कांग्रेसको मतदातामा नै रहेको छ । एकिकृत समाजबादीको गोदावरीमा संगठन निकै कमजोर रहेको छ । एकिकृत समाजबादी कै मतले उनलाई जित निकाल्न कठिन नै रहेको बुझिएको छ । उनलाई अर्को तर्फ मत बदर हुने पनि त्यतिक्कै डर रहेको छ । गठबन्धनमा रहेका दलहरुको चुनाव चिन्ह आ-आफ्नै हुँदा कांग्रेसका मतदाताले कलम चुनाव चिन्हमा मत हाल्नुपर्ने छ । जुन सचेत मतदाताले मात्रै हाल्न सक्नेछन् ।
यदपी रत्ना ले ५ बर्षको अनुभबमा गाउँ गाउँ सम्म आफ्नो सम्बन्ध जोडेकी छन् । उनको छिट्टै घुलमिल हुने स्वभाबले पनि केही ब्यक्तीगत मत पनि पाउने सम्भाबना रहेको छ । उनले आफुले सजिलै जित्ने दाबी गरेकी छन् ।
उता एमाले की उम्मेदवार शारदा उमेर ले रत्ना भन्दा निकै परिपक्व छन् । २०५४ सालको स्थानिय निर्बाचनमा तत्कालिन मालाखेतीको वडा नम्बर ५ मा उनी सदस्य मा निर्बाचित भएकी थिईन् । रोकाया नेकपा एमाले कैलाली को दुई कार्यकाल जिल्ला सल्लाहकार बनिन् । अहिले उनी अखिल नेपाल महिला संघ को केन्द्रिय सदस्य पनि छन् । यदपी रोकाया नयाँ मतदातामा परिचित नाम भने होइन ।
उनले एमालेको सैद्धान्तिक मत पर्याप्त पाउने छन् । त्यसको अलाबा उनले केही भेगिय र ब्यक्तीगत मत पनि पाउने सम्भाबना रहेको छ । रोकायाले महिलाहरुले नै नेत्रित्व गरेका केही संस्थाहरुमा काम गरेको अनुभब पनि रहेको छ । त्यो सर्कलबाट पनि आफुले मत पाउनेमा उनी ढुक्क रहेकी छन् ।
रोकायाका श्रीमान नरबहादुर एमालेका यस क्षेत्रका पुराना नेता हुन् । उनको प्रभाबले पनि केही मत शारदाको बढन सक्ने बुझिएको छ । रोकाया गोदावरी -१० की बासिन्दा हुन् भने रत्ना गोदावरी -५ की बासिन्दा हुन् ।