अत्तरिया -नेकपा एमालेका सचिब लेखराज भट्टले अब का ६ दिन निर्णायक हुने बताएका छन । उनले स्थानिय निर्बाचन अन्तर्गत अब का केही दिन निर्णायक हुने भएकाले युबाहरुलाई चनाखो भएर बस्न निर्देशन दिए । गोदावरीमा शनिबार युबाहरुलाई सम्बोधन गर्दै उनले एमालेको जित शुनिस्चित भएकाले अनेक षडयन्त्र हुन सक्ने तर्फ सचेत गराए ।
'अबका केही दिन निर्णायक हुनेछन । तपाईंहरु रेकी बनाएर बस्नु होला । एमालेका बिरुद्ध घेराबन्दी भएको छ, त्यसैले गठबन्धन भन्नेहरुले अनेक षडयन्त्र गर्न सक्छन,' भट्टले युबाहरुलाई भने,' गाउँ गाउँमा सुक्ष्म निगरानी गर्नुस् । सोझा साझा मतदाताहरुलाई उनीहरुले अनेक प्रलोभनमा पार्न सक्छन ।'
भट्टले मतदाताहरु को मताधिकारहरुको सुरक्षा , मतपेटिकाको सुरक्षा र अन्य सुरक्षा गर्नुपर्नेमा जोड दिए । उनले युबाहरुलाई अनुशाशित भएर लाग्न निर्देशन समेत दिए ।
'अहिले सबै नेता कार्यकर्ताहरु कसरी चुनावमा लागेका छन भन्ने कुराको पनि पार्टीले हेरिरहेको छ । सबै कुराका रिपोर्टिङ भईरहेको छ, त्यसैले चुनावको बेला नखटिने कार्यकर्ताहरु माथि पनि निगरानी कार्य हुन्छ,' भट्टले भने ,'तपाईं भित्रको कमीकमजोरीहरुको पनि सुधार गर्नुस । नेतृत्वलाई समन्वय गर्नुस् , अर्को वडाको टिम संग पनि समन्वय गर्नुस् अनी मात्रै यो लँडाइ जितिन्छ ।'
भट्टले युबाहरुको भबिष्य नै एमालेमा रहेको बताए । पार्टीले गरेका कामहरुको बारेमा जनतालाई बुझाउन जरुरी रहेको भट्टको भनाई रहेको छ । उनले चुनावके बेला बिचार सहित युद्दमा जानुपर्ने जिकिर गरे ।
'यो ६ दिन आर्थिक चलखेल धेरै हुन्छ । त्यो रोक्न तपाईंहरु सँग रणनिती के छ, त्यसमा सचेत रहनु होला,' भट्टले भने,' हामीले एमालेका निती रणनिती कार्यनिती सबै कुरा जनतालाई भनेका छौं । तर पनि यो बेला बिपक्षीले आर्थिक चलखेल गरेर मतदातालाई प्रभाब पार्न सक्छन् त्यसलाई रोक्न तिर आजै देखी लाग्नुस ।'
एमाले सुदुरपश्चिमका इन्चार्ज समेत रहेका भट्टले भोलीको देशको भबिष्य युबाहरु को हातमा रहेकाले अहिलेको मतदानमा एमाले ले जित्नै पर्ने दाबी गरे ।