अत्तरिया - शारदा देबी रोकाया गोदावरी नगरपालिकामा उपमेयरका उम्मेदवार । ५८ बर्षको उमेरमा पनि उनी उपमेयर हुनको लागी अहिले चुनाबी अभियानमा जुटेकी छन् । अहिले उनी नगरपालिकाका सबै वडामा घर दैलोमा जुटेकी छन् । उनी पार्टीमा २०४६ देखी नै संगठित हुन ।
उनलाई संगठन मा जोडन श्रीमान नरबहादुर रोकायाको साथ रह्यो । नर बहादुर गोदावरीमा एमालेका पुराना नेता हुन । उनी पनि शारदालाई सफल बनाउन संगसंगै हिंडेका छन् । शारदा सकृय राजनितीमा लागेको लामै समय भएपनी पार्टीले अहिले सम्म जनप्रतिनिधी बनाउन सकेको थिएन ।
यदपी २०५४ सालको स्थानिय निर्बाचनमा तत्कालिन मालाखेतीको वडा नम्बर ५ मा निर्बाचित भएकी थिईन् । २०२० सालको डोटीको शिखर नगरपालिकामा जन्मिएकी रोकायाको बिहे बिहे भने २०३५ सालमा भएको हो । रोकाया महिलाहरुको संस्था जिबन ज्योती महिला बिकास सहकारीमा ११ बर्ष नेत्रित्वमा रहिन ।
त्यस्तै २०५७ तिर उनी गोदावरी -१० को छिलछिले महिला सामुदायिक बन को अध्यक्ष बनिन् । त्यसपछि रोकाया २०६३ देखी ६५ सम्म सृजनशिल बिकास केन्द्र मा दुई कार्यकाल सदस्य र उपाध्यक्ष पनि बनिन् ।
उनले आफ्नो लामो सामाजिक संस्थाको अनुभब अब जनप्रतिनिधी भएर काम गर्ने चाहना रहेको बताईन । अघिल्लो निर्बाचनमा पनि उनले उपमेयर बन्न चाहेकी थिईन् तर त्यो बेला पार्टीले टिकट नै दिएन ।
राजनितिक सकृयता
घर परिवार नै कम्युनिषट पार्टीमा भएकाले शुरु देखी नै कम्युनिष्ट आन्दोलनमा उनी लागेको बताउँछिन् । रोकाया नेकपा एमाले कैलाली को दुई कार्यकाल जिल्ला सल्लाहकार बनिन् । अहिले उनी अखिल नेपाल महिला संघ को केन्द्रिय सदस्य पनि छन् । पार्टी भित्र महिलालाई जिम्मेवारी दिने कुरामा बिगत मा अबसर नदिने कारण आफुले जनप्रतिनिधी बन्न नसकेको उनले बताईन ।
'म अहिले सम्म पार्टी कै काममा सकृय छु । जुन संस्थामा म लागेको छु त्यँहा म सफल बनेको छु,' रोकायाले भनिन्,' त्यसैले अहिलेको उपमेयर बन्ने यात्रामा पनि म सफल नै बन्ने छु । मलाई विश्वास छ जनताले मलाई निर्बाचित गराउने छन्। '
उनले राजनितिमा उमेरले खासै फरक नापर्ने बताइन् । अहिलेको पुष्ताले उनलाई धेरै नचिने पनि एमालेको गोदावरीमा उनी परिचित नाम नै हुन । उनका समकालिनहरुमा एमालेकी पुराना नेत्री साबित्रा घिमिरे, शारदा निरौला हुन। उनले उपमेयर बनेपछि आफ्नो बिगतको अनुभबलाई प्रयोगमा ल्याउने बताईन् ।