अत्तरिया - गोदावरी मा काङ्ग्रेस ले आज देखि चुनाव लक्षित कार्याक्रमहरु तिब्र रूपमा अगाडि बढाएको छ । वडामा गठबंधन यहाँ नहुने भएपछि उसले अब आफ्ना उम्मेदवार सहित घर दैलो कार्यक्रम लाई तिब्रता दिएको छ ।
उसले उपमेयर बाहेक वडा का सबै पदमा उम्मेदवारी दिएको छ । उपमेयर मा भने काङ्ग्रेस ले समाजबादी कि रत्ना कडायतलाई सघाउने भएको हो । काङ्ग्रेस ले आज देखि औपचारिक रुपैमा सबै वडामा घर दैलो कार्यक्रम समेत गरिरहेको छ ।
यस्तै शनिबार बिहान नेपाली काँग्रेसले वडा नम्बर १० मा चुनाबी भेटघाट सम्पन्न गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मेयरका उम्मेदवार बिरेन्द्र भट्टले स्थानिय सरकार सन्चालनको लागी सबै वडामा काँग्रेसले जित्नुपर्ने बताए ।
'गत स्थानिय निर्बाचनमा गोदावरी नगरपालिकामा काँग्रेसले ५ वडा जितेका थियो, एमाले ले ७ वडा जितेको थियो । उँहाहरु बहुमतमा हुनु हुन्थ्यो र हाम्रा वडा अध्यक्षहरुले काम गर्न खोज्दा अल्पमत मा पर्ने गरेका थिए,' भट्टले भने,' त्यसको लागी अब तपाईंहरुले सोचे जस्तो काम गर्न मेयर उपमेयर र वडा अध्यक्षहरु काँग्रेसको हुनु पर्दछ ।'
भट्टले काम गर्ने पार्टी काँग्रेस मात्रै भएकाले कम्युनिष्टहरुले चिप्ला कुरा गरेर भोट मात्रै आफुलाई खसाउन लाउने गरेको आरोप लगाए । उनले काँग्रेस महिला ,दलित, आदिबासी सबै को पार्टी समेत भएको दाबी गरे ।
कांग्रेसका उम्मेदवार :-
मेयर - बिरेन्द्र भट्ट
उपमेयर - उम्मेदवारी छैन
वडा नम्बर १ - वडा अध्यक्ष गोपालदत्त भट्ट
वडा नम्बर २ - वडा अध्यक्ष यज्ञ बहादुर महरा
वडा नम्बर ३ - वडा अध्यक्ष तेजराज अबस्थी
वडा नम्बर ४ - वडा अध्यक्ष हेमप्रकाश मल्ल
वडा नम्बर ५ - वडा अध्यक्ष प्रेम बहादुर कुमाल
वडा नम्बर ६- वडा अध्यक्ष जयराज फुलारा
वडा नम्बर ७ - वडा अध्यक्ष जानकी देबी पाठक
वडा नम्बर ८ - वडा अध्यक्ष टेक बहादुर देउबा
वडा नम्बर ९ - वडा अध्यक्ष रामलाल राणा
वडा नम्बर १० - वडा अध्यक्ष रबिन्द्र शाही गूड्डु
वडा नम्बर ११ - उम्मेदवारी छैन
वडा नम्बर १२ - वडा अध्यक्ष भिम बहादुर खड्का