अत्तरिया - कैलालीको गोदावरीबाट १७ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । जसमा ६ जना वडा अध्यक्ष रहेका छन् भने ११ जना सदस्य रहेका छन् ।
गोदावरीका सहायक निर्बाचन अधिकृत शिवराज भाटका अनुसार फिर्ता लिनेहरुमा ३ जना एक नम्बर वडाबाट रहेका छन् ।
वडा नम्बर ४ बाट एक जना , वडा नम्बर ५ बाट एक जना रहेका छन् त्यस्तै वडा नम्बर ११ बाट वडा अध्यक्ष सहित पुरै राप्रपाको टिमले उम्मेदवारी फिर्ता लिएको छ ।
मेयर उपमेयरमा फिर्ता भएन
गोदावरीमा मेयर उपमेयरमा भने कसैले पनि फिर्ता लिएका छैनन ।
अब मेयरमा कांग्रेसका बिरेन्द्र भट्ट, एमालेका गोकर्ण भट्ट, माओबादीका बिक्रम बिक, राप्रपाका दुर्गा पोखरेल , जनमोर्चाका हरिकृष्ण पाण्डे, स्वतन्त्र टेक बहादुर बिक, मिने मल्ल ,राम बहादुर रावल र पंकलु चौधरीको उम्मेदवारी कायम नै रहने भएको छ ।
त्यस्तै उपमेयरमा नेकपा एमाले कि शारदा देबी रोकाया, समाजबादी की रत्ना कडायत ,माओबादीकी रिता खड्का , राप्रपाकी खिमा देबी बिष्ट र जनमोर्चाकी कल्पना बरालको उम्मेदवारी रहने भएको छ ।